सरकारको एकवर्षे समीक्षा र अल्झिएको पार्टी एकता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

शिव भण्डारी
नेकपाद्वारा गठित के.पी ओली नेतृत्वको २ तिहाई बहुमत प्राप्त सरकारले १ वर्ष पुरा गरिसकेको छ । एक वर्षको सरकारको काम कार्यवाहीको समिक्षा पनि विभिन्न कोणबाट भै रहेका छन् । यस अबधिमा सरकारको तर्फबाट सुरुवात गरेको कामहरु चिनसँगको व्यापार तथा पारवहान सन्धी, भारतीय व्यापारको एकाधिकार तोड्नु, दुई छिमेकी देशबीच सन्तुलित विदेश निति तय गर्नु, कर्मचारी समायोजनको काम गर्नु, संविधानसँग बाझिएका ऐन कानुन निर्माण गर्नु, रेल र पानी जहाज सम्बन्धि अध्ययन गर्न कार्यालय स्थापना गर्नु, स्थानीय सडकलाई कालोपत्रे गर्ने तयारी गर्नुलगायतका दुरगामी महत्व राख्ने प्रसस्त खाका कोर्ने कामको थालनी भएको छ । जनता विगत देखिनै रोग, भोक, अशिक्षा गरिबी, वेरोजगारीलगायतको मार बाट पिडित छन् । दुई तिहाईको वहुमत प्राप्त कम्यनिष्ट पार्टीको सरकारले चूनावी घोषणा पत्र अनुरुप नीति, कार्यक्रम र वजेटबाट सम्बोधन होला, ०५१ सालको अल्पमतको सरकारले अगाडि सारेका लोक कल्याणकारी कार्यक्रमहरु आफ्नो गाउँ आफैँ बनाऔँ, विकासको फल जनतामा पु¥याउँ, सामाजिक सुरक्षा कार्यक्रम, विकासमा ९ सको कार्यक्रम जस्ता गरिबमुखी कार्यक्रम संचालन होलान् भनेर धेरै भन्दा धेरैले अपेक्षा गरेका थिए । अघिल्लो सरकारले ढिकुटी रित्याएर गएको र रित्तो भण्डारबाट सरकार संचालन गर्नुपर्ने वाध्यता पनि यो सरकारसँग नभएको होईन । तर पनि त्यति हुँदाहुँदै पनि सरकारले अघि सारेको सुखि नेपाली र सम्वृद्घ नेपालको निर्माण गर्ने नारालाई साथ पुग्ने गरि गतवर्षको वजेट र कार्यक्रमले संबोधन नगर्दा जनतामा निरासा पैदा हुनु स्वाभाविक हो । आशा गरौँ आगामी आर्थिक वर्षमा प्रस्तुत गर्ने नीति, कार्यक्रम र वजेटले जनअपेक्षा अनुरुपको संबोधन गरेमा जनताले राहत महशुस गर्नेछन् ।

उग्रवामपन्थीले अघि सारेका विद्रोहका स्वरहरु मत्थर हुनेछन् भने गुमेको राजतन्त्रको साख फर्काउने अभियानमा लागेका दक्षिणपन्थी अतिवादीहरुको गठबन्धनलाई पनि जनताले तिरस्कार गर्नेछन् । यो प्रगतिशिल देशझक्त र राष्ट्रवादीहरुको सरकारका सामु समस्या र चुनौतीका पहाड र आधुनिक समृद्ध विकसित देश निर्माण गरी एक्काइसौँ सताब्दीको सम्पन्न जनता र सुखी नेपालीको भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर दुवै यो सरकारसँग सँगै छ । यी ऐतिहासिक अभिभारा पुरा गर्न सुयोग्य मन्त्री सम्बन्धित क्षेत्रको विज्ञ थिङ् ट्याङ्क सल्लाहकारबाट कामकाज अगाडि बढाउन प्रधानमन्त्रीले आँट गर्नुपर्दछ । आफन्त र आसेपासे कार्यकर्ताको भरमा फेरि पनि सरकार चल्ने हो भने दुई तिहाईको सरकार भएर पनि जनतालाई हात्ति आयो हात्ति आयो फुस्सा हुनेछ

वर्तमान सरकारलाई शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हजारौँ हजार नेता कार्यकर्ताको पूर्ण साथ र सहयोग छ । त्यस्तै गरी लाखौँ लाख समर्थक शभचिन्तकहरुको शुभकामना पनि छ । वर्तमान सरकारसँग भुतपूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालजस्ता अनुभवी र लामो ईतिहास बोकेका राजनेताहरुको साथ छ । सरकारले गरेका राम्रा कामहरु प्रचार हुन सकिरहेका छै्रनन् । हाम्रो देशको सरकारी सम्यन्त्र केवल जागिरे मानसिकताबट ग्रसित छ । सरकारको सफलता र असफलताको जिम्मेवारी बोध गर्ने काम भएको छैन । चुस्त, दुरुस्त र सहयोगी सरकारी सम्यन्त्रले मात्र सरकारलाई सफल बनाउन सक्छ । सरकारले सरकारी सम्यन्त्रलाई आफ्नो अनुकुल सञ्चालन गर्न सकेन भने प्रतिपक्षको भूमिका निर्वाह गर्ने खालका केही कर्मचारीहरुबाट असफलताभन्दा बढि केही हात लाग्ने छैन ।
नेकपाको पार्टी एकता भएको एक वर्ष वितिसकेको छ । स्थानीय कमिटीहरुको समायोजनको काम अझै हुन सकेको छैन । यति लामो अवधीसम्म कार्यकर्ताहरुलाई जिम्मेवारीविहीन बनाउनु र पार्टीलाई चलायमान नगराउनु सरकारको लागि पनि यसले हित गर्दैन । सरकारका काम कारवाहीहरुलाई जनताको बीचमा पु¥याउने माध्यम कार्यकर्ताहरु नै हुन् । जनताको घरदैलोमा सरकारका कामलाई जोड्ने काम गर्ने कार्यकर्ता पंक्ति नै निकम्मा भएर बस्नुपरेको छ । नेतृत्वको चरम स्वार्थ टकरावले पार्टी एकता र कमिटीका समायोजनका कामहरु अवरुद्ध भएका छन् । चाँडोभन्दा चाँडो विधि, पद्धती र मापदण्डलाई अवलम्वन गर्दै समायोजनको काम सम्पन्न गरियोस् । समायाजन गर्दाखेरि म, मेरो, मलाई भन्ने भावना त्यागी हामी, हाम्रो र सबैलाई भन्ने भावनाका साथ शिर्ष नेतृत्व अघि बढ्नुहोस् भन्ने शुभकामना कार्यकर्ताको छ, समर्थक शुभचिन्तकको छ, विकासप्रेमी जनताको छ । सुनौलो भविष्य निर्माण गर्नको निम्ति पार्टी एकताको महाअभियानमा नेतृत्ववर्गलाई सफलता मिलोस् यही शुभकामना ।

Shares

Be the first to comment on "सरकारको एकवर्षे समीक्षा र अल्झिएको पार्टी एकता"

Leave a comment

Your email address will not be published.


*