हप्ता असुल्नेलाई छाडिँदैन : गृहमन्त्री थापा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौँ, रासस । गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको उद्घाटन गर्दै उनले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन नसक्ने बताए । “पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो, यसको विकास गरेर बेरोजगार युवालाई रोजगार दिनु जरुरी छ,” उनले भने ।

महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडि स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिए । महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुनेछ । महाधिवेशनपछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।

Shares

Be the first to comment on "हप्ता असुल्नेलाई छाडिँदैन : गृहमन्त्री थापा"

Leave a comment

Your email address will not be published.


*