१०८ औँ नारी दिवस मनाइयो

चरिकोट(दीस) – १०८ औँ नारी दिवस दोलखामा बिहिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न संघ संस्थाको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा ¥याली आयोजना गरी दिवस मनाइएको छ । दोलखाका विभिन्न गाउँपालिकामा विभिन्न कार्यक्रम गरेर नारी दिवस मनाइएको हाम्रा समाचारदाताले जनाएका छन् । यसैबिच दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ७ मा पनि नारी दिवस मनाइएको छ । नारी दिवसको उपलक्ष्यमा बोल्दै सो वडाका वडाध्यक्ष रेशम राजस्वराज रिमालले वडालाई महिला हिंसा मुक्त बनाउन आफुले पहल गर्ने बताए । आगामी वर्षदेखि महिला सशक्तिकरणको लागि छुट्टै बजेटको व्यवस्था गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । महिला सशक्तिकरणको लागी सबैले हातेमालो गर्ने रिमालको भनाई थियो । महिला सशक्तिकरण केन्द्र समन्वय समितिका अध्यक्ष तुलसा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कार्यक्रम भएका थिए । सोही कार्यक्रममा भएको लैङ्गिक समानता विषयक वक्तृत्वकलामा राधिका चौलागाई प्रथम, सञ्जु तिमल्सिना द्वितीय, उर्मिला घिमिरे तृतीय र निर्मला घिमिरेले सान्त्वना हासिल गरेका थिए । कार्यक्रममा विभिन्न अन्य सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

Shares

Be the first to comment on "१०८ औँ नारी दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*