२५ मेगावाटको सिगंटी जलविद्युत आयोजनाले ग¥यो वे्रक थुरु

दीक्षण समाचार
सिंगटी, २० असोज
सिंगटी खोलामा निर्माणधीन २५ मेगावाटको सिगंटी जलविद्युत आयोजनाको सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिट बाहेक २ हजार ९ सय मिटर हो ।
पहिलो सुरुङ ब्रेक थ्रु भएसँगै आयोजनाको प्रगतिमा इट्टा थपिएको आयोजना निर्देशक काजी लामाले प्रतिक्रिया दिए । पहिलो ब्रेक थ्रुसँगै ३ किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडवक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो । समय तालिका अनुसार लक्ष्य विना अवरोध लक्ष्य भेट्न सकिएकोले आयोजनाको समग्र टिमलाई नै हर्षित बनाएको उनले बताए ।
शनिबार दिउँसो ३ बजेर ५ मिनेट जाँदा ब्रेक थ्रु भएको आयोजना निर्देशक लामाले जानकारी दिए । सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अर्का सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिए । सिभिल निर्माण सुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत आयोजना भएको उनले बताए ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले २ वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पु¥याएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पु¥याएको छ । अब सुरुङ भित्रको फिनिसिङो काम सुरु हुने उनले जानकारी दिए । ५ हजार ९ सय १५ मिटर लामो हेडरेस सुरुङ मध्ये अब पावर हाउस तर्फको खण्डमा ९ सय मिटर मात्र बाँकी छ । त्यो पनि आउँदो माघसम्म पूरा हुने आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए बताए ।
‘छोटो समयमा सुरुङ निर्माणमा ठूलो सफलता मिलेको छ,’ उनले भने, ‘इनलेटतर्फको १.८ किलोमिटर खनिएको छ ।’ इनलेटबाट १.८ किलोमिटर सुरुङ खनिनु ऐतिहासिक भएको आयोजना प्रमुख सापकोटाले दाबी गरे । फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । ब्रेक थ्रु भएको पहिलो खण्डको हेडवक्स तर्फबाट (इनलेट) १७ सय ९१ र बीचबाट ३ सय मिटर अडिट सहित १५ सय मिटर सुरुङ तयार भएको उनले जानकारी दिए ।
शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भईरहेको विद्युतगृहको ६० प्रतिशत काम सम्पन्न भएको छ । चैतभित्र विद्युतगृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ । एक महिना भित्रै क्रेन बिम तहमा पुग्ने उनले दाबी गरे । आयोजनाको बढी काम अब पेनस्टक पाइप र तल्लो खण्डको सुरुङको काम छ । पाइपमा तत्कालै ४ समूहमा काम गराउने उनले जानकारी दिए । दसैं लगत्तै विद्युत गृह भित्रका उपकरणहरु पनि साइड आउने उनले जानकारी दिए ।
हेडरेस सुरुङको तल्लो खण्ड तर्फ बीचको अडिट सुरुङपछि १ हजार ९ मिटर तयार भएको छ भने आउटलेट तर्फबाट ७ सय ६१ मिटर तयार भई सकेको छ । तयार भएको सुरुङ भित्र लाइनिङ, फिनिसिङको काम तत्कालै सुरु हुने उनले बताए ।
सरकारले प्रतिश्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ बैशाख १ गतेदेखि विद्युत उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन सुरु हुने उनले बताए ।
विद्युतगृहमा १२.५ मेगावाट क्षमताका २ युनिट राखेर विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ । ४ अर्ब ६३ करोड लागत अनुमान गरीएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड स्वपुँजी लगानी रहेको छ । १६ मेगावाटमा निर्माण सुरु गरिएको आयोजना ९ मेगावाट क्षमता बढाएर २५ मेगावाट पु¥याइएको होे ।

 

Shares

Be the first to comment on "२५ मेगावाटको सिगंटी जलविद्युत आयोजनाले ग¥यो वे्रक थुरु"

Leave a comment

Your email address will not be published.


*