अप्पर तामाकोसीको सेयर काठमाडौंबाट समेत आवेदन गर्न पाउने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, १० साउन
अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीकोसाधारण सेयर (आईपीओ) दोलखाबासीले काठमाडौंबाट पनि भर्न पाइने भएको छ । काठमाडौबाट पनि निश्चित अवधीमा निश्चित स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ ।
वोर्डले आधिकारिक निर्णय गरेर खुला गर्ने सहमति भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले जानकारी दिए । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको स्थानीयको सेयरका बारेमा कम्पनीले विहीबार काठमाडौंमा छलफल कार्यक्रम गरेको थियो ।
अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका सिइयो श्रेष्ठका अनुसार दोलखामा रहेका बैकका शाखाहरु भएका २१ वटा स्थानहरुवाट सेयर आवेदन संकलन हुने र बैक नभएको स्थानहरुमा घुम्ति संकलन केन्द्रको ब्यवस्था गर्ने निर्णय भएको छ । श्रेष्ठका अनुसार यसको अतिरित्त विकट गाउँबाट आवेदन संकलन गर्न स्वयंसेवकहरु परिचालन गरिने भएको छ ।
“डिम्याट अनिवार्य नभइ स्वेक्षिक हुने व्यवस्था गरिएको छ” उनले भने “३ वर्षको लकिङ अवधी पछिको कारोबारको लागि डिम्याट अनिवार्य हुने भएकोले तत्कालिका लागि डिम्याट स्वेछिक गरेको हो ।” प्रत्येक आवेदकको बैक खाता अनिवार्य नगरी आवेदकले इच्छाएको परिवारको कुनै १ सदस्यको खातामा फिर्ता हुने नगद जम्मा गर्ने ब्यबस्था गर्न धितोपत्र बोर्डलाई अनुरोध गरेको छ । यसमा धितोपत्र बोर्डका अध्यक्ष पनि तामाकोसीको हकमा सकारात्मक रुपमा लिएको बताएका बैठकमा सहभागी विगू गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले जानकारी दिए ।
बिहीबार दोलखाका सबै माननीय सांसद, पूर्व मन्त्री, जिल्लाका प्रमुख राजनीतिक दल, गाउँपालिका र नगरपालिकाका अध्यक्ष, नेपाल विद्युत प्राधिकरण, बोर्ड र नागरिक लगानी कोषका प्रमुखहरु सहितको बैठकले आईपीओ निष्कासन सहज गराउने निर्णय गरेको हो । दोलखाको विगू गाउँपालिका वडा नं. १ लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणाधिन छ । आयोजनाको हालसम्म ९६ प्रतिशत प्रगति भएको छ ।
तामाकोसीको आईपीओ साउन १६ गतेदेखि भदौ १४ गतेसम्म निष्कासन हुनेछ । प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने कोषले जानकारी दिएको छ । स्थानीयका लागि जारी हुन लागेको साधारण सेयर हालसम्मकै ठूलो भएकाले सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गर्न लागेको हो ।
जसअनुसार आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता निष्कासन हुन लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउने कोषले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "अप्पर तामाकोसीको सेयर काठमाडौंबाट समेत आवेदन गर्न पाउने"

Leave a comment

Your email address will not be published.


*