आर्थिक पत्रकारीता पुरस्कारबाट चौलागाई सम्मानित

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखाका संस्थापक सदस्य एवम दोलखाली पत्रकारका अग्रज दीपशंकर चौलागाई आर्थिक पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन ।  २०५४ सालबाट क्रियाशिल पत्रकारका रुपमा परिचित चौलागाईलाई अन्र्तराष्ट्रियरुपमा सिल्भर एक्सीस ब्राण्ड प्राप्त मिलिजुली साकोसले नागद सहित सम्मान गरेको हो ।  राष्ट्रिय मिडियाहरुमा आप्mनो उच्चस्तरको छवि बनाउन सफल चौलागाई नेपाल प्रेस युनियनको समेत संस्थापक हुन । उनी पत्रकारीताका प्रवेश गरे पछि स्थानिय तथा राष्ट्रिय मिडियाहरुमा करिब दुई दर्जन क्रियाशिल पत्रकारहरु तयार गरि बाटो देखाउन सफल रहेका छन । करिब ९५ प्रतिशत लोकतान्त्रिक विचार धाराका पत्रकारहरुलाई राष्ट्रिय मिडियाहरुमा स्थापित गराउदै सम्वृद्ध जिल्ला निर्माणका लागी महत्वपूर्ण भुमिका निर्वाह गरि रहेकाछन । विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित चौलागाईलाई आर्थिक पत्रकारीता पुरस्कार मिलिजुली साकोसले पनि दिएको छ ।
मिलीजुली साकोसको २५ औं बार्षिक साधारण सभाको भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले उद्घाटन गरेका थिए । साधारण सभामा संस्थाका कार्यवाहक सचिव कृष्णप्रसाद अधिकारीले बार्षिक नीति तथा कार्यक्रम र प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरुना बस्नेतले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा असल ऋणी, असल बचतकर्ता, नियमित बचतकर्ता, असल कर्मचारी, दैनिक उत्कृष्ट बचतकर्ता, स्थापना कालका सदस्य, पूर्व सञ्चालक, पूर्वलेखा समिति, पूर्व कर्मचारी र एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी लगायतलाई नगद सहित सम्मान गरिएको छ । ६ हजार ७ सय ६३ जना वाल बचतकर्ता सहित संस्थामा २३ हजार ९ सय १० सदस्य रहेको मिलिजुली बचत तथा ऋण सहकारी सँस्थाको कूल बचत ५८ करोड ६७ लाख १ हजार ७ सय ७७ रुपैयाँ, ऋण लगानी ७१ करोड १९ लाख ५५ हजार ९ सय ७० र शेयर पूँजी ७ करोड १० लाख रहेको छ ।
त्यसै गरि मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरिकोट दोलखाले हाम्रो रेडियो १ सय ३ थोप्लो ४ मेगाहर्जलाई सहकारी पत्रकारीता पुरस्कारबाट सम्मानित समेत गरेको छ ।
संस्थाका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका कोषाध्यक्ष कृष्ण प्रसाद दाहाल, जनकल्याण साकोसका अध्यक्ष रामचन्द्र बस्नेत, सहकारीकर्मी गोकुलध्वज कार्की, संस्थापक अध्यक्ष एवम् सल्लाहकार रामदास श्रेष्ठ र संस्थापक सदस्य चेतबहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "आर्थिक पत्रकारीता पुरस्कारबाट चौलागाई सम्मानित"

Leave a comment

Your email address will not be published.


*