इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डले निकाल्यो १४ रनको जित, शृंखलामा २–१ को अग्रता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नेल्सन- घरेलु टोली न्युजिल्यान्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी-२० क्रिकेट प्रतियोगितामा भ्रमणकारी इङ्ल्यान्डलाई १४ रनले पराजित गरेको छ।

पाँच खेलको यस शृंखलामा जितसँगै न्युजिल्यान्डले २–१ ले अग्रता लिएको छ।

न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो। टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गुप्तिलको ३३, रोस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो।
ad

जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले राम्रो सुरुआत गरे पनि अन्तिम ५ विकेट १० रन जोड्दा नै गुमाएको थियो। पन्ध्रौं ओभरमा १ सय ३९ रन बनाउँदा दुई विकेट मात्र गुमाएको र राम्रो लयमा रहेको इङ्ल्यान्डको टोली त्यसपछि नाटकीय रुपमा पतन भएको थियो।

इङ्ल्यान्डका लागि डाविड मलान (५५) र जेम्स भिन्स (४९) ले राम्रो आधार तयार गरेका थिए। इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६६ रन मात्र बनाएको थियो।

हारपछि प्रतिक्रिया दिँदै इङ्ल्यान्ड टोलीका कप्तान इयोन मोर्गानले आफ्नो टोलीका नयाँ सदस्यहरुमा अनुभवको कमी देखिएको बताए। रासस/एएफपी

Shares

Be the first to comment on "इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डले निकाल्यो १४ रनको जित, शृंखलामा २–१ को अग्रता"

Leave a comment

Your email address will not be published.


*