कोरोनाको त्रासबाट आफ्ना बालबालिकालाई बचाउन उनिहरुसँगै रहनुहोस

ताजा समाचारको लागि फलो गर्नुहोस ।

इश्वर दाहाल
विश्व व्यापिरुमा अहिले कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ । करिब १३ हजारको ज्यान समेत लिइसकेको छ भने २ लाखभन्दा बढी सङ्क्रमणको सिकार समेत भइसकेको छ ।
। छिमेकी चिनको वुहा बाट फैलेको यो भाइरसले विश्वलाई नै जोखिम साथै आतङ्कित बनाइरहेको छ । चिनमा पनि ३ हजार भन्दा बढीको ज्यान गइरहेको अवस्थामा जसरी उसले ७ दिनमै हस्पिटल बनाएर रोकथामका लागि जुन प्रयासमा जुट्न सक्यो त्यो न अरु विकसित देशले नै गर्न सके र सक्ने अवस्थामा छन । इटालीमा जुन रुपमा कोरोना फैलिएर मानिसको ज्यान गइरहेको छ अहिले अरु २सय मुलुकनै त्रसित र जोखिम साथै यसको सिकारमा परेका छन ।
यसभाइरसको जोखिममा नेपाल पनि परिसकेको छ हालै बिरगंजमा एकजनालाई सङ्क्रमण फेला परेको पाइन्छ । यसले समेत थप जोखिमपूर्ण स्थितिमा रहेको प्रष्ट हुन्छ । छिमेकी चिन बाट फैलिरहेको कोरोनाको उच्च जोखिममा नेपाल रहेको विश्व स्वास्थ संगठनले समेत जनाइसकेको अवस्थामा जुन रुपमा अहिले बिरगंजमा एक जनामा देखिएको सङ्क्रमणले आम नेपाली हरु आतङ्कित बनिरहेका छन । सरकारले जुन रुपमा देशलाई सङ्कटकालिन अवस्थाको घोषणा गरेको छ । जुनरुपमा अत्यावश्यक सेवा भन्दा बाहेकका सम्पूर्ण सेवामा पुर्ण रुपमा बन्द गरेको छ यसमा हामीले कुनै पनि रुपमा हेलचेक्राइ नगरी आफु र आफ्नो परिवारलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने हुन्छ ।
यो बेलामा बालबालिका डर र सङक्रमणको उच्च जोखिममा हुन्छन् । परिवार हामिले गर्ने कुराकानी एकदमै महत्त्वपूर्ण हुन्छ कोरोना के हो ? कसरी लाग्छ ? किन कसलाई लाग्छ जस्ता कौतोहलता बालबालिकालाई धेरै हुन्छ यसमाथि हामीले पुर्णरुपमा जानकारी दिनुपर्छ । चल्दाचल्दै गरेको परिक्षा रोकिएको र स्कुल देखि घर सम्म नै कोरोना कोरोनाको हल्लाखल्ला चलिरहेको अवस्थामा उनिहरु डर त्रासले मानसिक रुपमा नै आतङ्कित बनिरहेका छन ।राजधानी बाट जसरी तामलोकामलो बोकेर परिवार नै गाउँमा फर्किरहेको अवस्थामा हामीले उनिहरुलाइ केही पनि सल्लाह र के गर्दै छौ !किन र केका लागि गर्दैछौ !भन्ने कुरा गरिरहेका छैनौं !
यसले अलमलमा त पर्छन् नै साथै विचलित र एकहोरो भइरहेका छन कम्तिमा यो तनावपूर्ण अवस्थामा उनिहरुलाइ सुन्ने र उनिहरुको विचार बुझ्ने, छेउमा गएर कुरा गर्ने साथै उनिहरु सँगसँगै खेल्ने मात्रै गर्नाले पनि उनिहरु खुसि र मानसिक रुपमा विञ्चलित हुदैनन् ।
कवि भुपि सेरचनले नेपाल हल्ला नै हल्लाको देश भनेर भनेका थिए मलाई लाग्छ भुपिले त्यतिबेला भनेको यो कुरा हामी उमेरले पाकेकाले त के हल्ला के वास्तविकता बुझ्दैनौ भने ती हाम्रा घर परिवार र स्कुलको दिनभर कोठामा पाकेका बालबालिकाले हल्ला र वास्तविकता कसरी छुट्टयाउन सकुन् अभिभावक नै कुहिरोको काँग झै अलमलिरहेको अवस्थामा भुकम्प जादा त हल्लाउँदै जान्छ घरहरु ढल्छन भनेर बालबालिकालाई बुझाउन सकिन्थ्यो यो कोरोनाको त के भनेर बुझाउने युटुब फेस्बुक खोलौ कुन सत्य कुन झुट हो छुट्टयाउन नै गार्हो छ कोहीले यति मरे, यतिजना कोरोनाले मरिसके यसो भयो उसो भयो भन्ने भ्रामक समाचार सियेर गरेको पाइन्छ यसले झनै हाम्रा बालबालिकालाई त्रसित र भ्रम पैदा गरिरहेको छ । पहिलो त अभिभाबक हामी नै भ्रममा छौ कुन आधिकारिक कुन झुट हो छुट्टयाउन नसक्दा फेक युटुबरले हाम्रो गलत फाइदा उठाइरहेका छन । गाउँमा म डुल्दा कपाल सेतै फुलेकी आमाले भन्नुभयो नानि यो कोरोनाले त दशै तिहारमा पनि नफर्कने छोराछोरी नातिनातिना फर्किए काठमाडौ पनि यस्ता रोग थेग्न सक्दो रैनछ है भन्नुभयो ……!!! म एकछिन आमाको कुराले मौन भए वास्तमा राजधानीमा घर घडेरी हुनेहरुपनि प्रकोप र महामारीको बेला आफ्ना सन्तान र आफु बाँच्नकै लागि गाउँमा फर्किने रैछन ! यो कुराले पनि हामी बालबालिकालाई शुरक्षित राख्नकै लागि स्थान त परिवर्तन गर्छै तर जसलाई गरिरहेका छौँ उनिहरुलाइ नै थाहा दिरहेका छैनौं ! यसले हामीले उनिहरुका लागि गरेको लगानी र प्रयासको राम्रो प्रगति दिदैन झनै किन र के का लागि भनेर मानसिक वेचैन पैदा गर्दछ ।
हामीले बालबालिकालाई कोरोना के हो किन लाग्छ यसबाट बञ्चन के गर्न सकिन्छ भन्ने विषयमा पुर्ण रुपमा सहि र उपयुक्त जानकारी दिनुपर्छ यसले बालबालिकालाई भ्रम पैदा हुनबाट रोक्न सकिन्छ । अनावश्यक रुपका गलत समाचार अवैधानिक समाचारका लिङ्क खोल्ने र युटुवका अनेकथरि भ्रमपुर्ण भिडियोहरु खोल्न र हेर्न बाट टाढै राख्ने अथवा यसको अलवा कथा कविता चुटकिलाका किताब पढ्न हौसला दिने परिवार साथीहरू सङ्गै बसि खेल्ने कुराकानी गरेर उनिहरुको समय व्यतीत गर्नुपर्छ । यो मौसम परिवर्तनको समय हुनाले घर परिवार देखि बाहिर खेल्न पठाउनु हुदैन रुघाखोकी लागेमा घरायसि उपचार गर्नुका साथै आफुसगै राखेर उपचार गर्नुपर्छ। बालबालिकालाई घर परिवार सुरक्षित छ भन्ने विश्वास दिलाउनका लागि योग ध्यान सिकाउनका साथै मनोरञ्जनात्मक खेल खेलाउनुका साथै रेडियो टिभी सुन्ने हेर्ने र पत्रपत्रिका पढ्ने बानिको बिकास गरि आफु र आफ्ना बालबालिकालाई कोरोनाको भ्रम र हल्ला बाट टाढै राखौं ।

 

Shares

Be the first to comment on "कोरोनाको त्रासबाट आफ्ना बालबालिकालाई बचाउन उनिहरुसँगै रहनुहोस"

Leave a comment

Your email address will not be published.


*