खेल ट्युनिसियामाथि इंग्ल्याण्डको संघर्षपूर्ण जित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा इंग्ल्याण्डले जित हात पारेको छ । अन्तिम समयमा ट्युनिसिया सम्हालिन नसक्दा इंग्ल्याण्डसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

 थप गरिएको अतिरिक्त समयमा कप्तान ह्यारी केनले दोस्रो ब्यक्तिगत गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए । ट्युनिसिया अन्तिम समयमा चुक्न पुग्यो । रक्षात्मक खेल खेल्न खोजेको ट्युनिसिया अन्तिम समयमा हारेको हो ।

पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । इंग्ल्याण्डले खेलको ११ औं मिनेटमा नै अग्रता बनाएको थियो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले कर्नर प्रहारबाट आएको बललाई ट्युनिसियाको जाली चुमाएका थिए ।

खेलको ३५औं मिनेटमा ट्युनिसियाले पेनाल्टी पाएको थियो । इंग्ल्याण्डका खेलाडीले आफ्नो डिबक्सभित्र ट्युनिसियाका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा फेर्जानी ससीले गोल गर्दै ट्युनिसियालाई बराबरीमा पुर्याएका हुन् । खेलअवधिभर आफ्नो पकडमा बल राखेको इंग्ल्याण्डले एकपछि अर्को मौका गुमाएको थियो ।

जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

Shares

Be the first to comment on "खेल ट्युनिसियामाथि इंग्ल्याण्डको संघर्षपूर्ण जित"

Leave a comment

Your email address will not be published.


*