खेल पिएसजीलाई फ्रेन्च कपको उपाधि

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । मंगलबार राति  भएको फाइनलमा तेस्रो डिभिजनको लेस हेर्बीएर्सलाई २ – ० ले हराउदै पिएसजीले उपाधि जितेको हो ।

फाइनलमा पिएसजीका लागि जिओभानी लो सेल्सो र एडिन्सन काभानीले समान एक एक गोल गरे । योसँगै पिएसजीले लगातार चौथो सिजन फ्रेन्च कपको उपाधि जितेको हो । हालसम्म कीर्तिमानी १२ पटक फ्रेन्च कप जितेको पिएसजीले सन् २०१५ देखी लगातार चौथो पटक ट्रफी भित्राएको हो ।

स्टेड डी फ्रान्स स्टेडियममा भएको खेलको २६ औं मिनेटमा सेल्सोले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १ – ० ले अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा थप एक गोल गर्दै उपाधिमाथि कब्जा जमायो । खेलको ७४ औं मिनेटमा काभानीले पाएको पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २ – ० को जित दिलाए ।

यो जितसँगै पिएसजी फ्रेन्च कपको ४२ खेलमा अपराजित रहदै च्याम्पियन बनेको हो । फ्रेन्च कपमा पिएसजीले सन् २०१४ को २२ जनवरीबाट हार बेहोरेको छैन ।

Shares

Be the first to comment on "खेल पिएसजीलाई फ्रेन्च कपको उपाधि"

Leave a comment

Your email address will not be published.


*