“गन्तव्य समाजवाद”सार्वजनिक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार ÷चरिकोट, –देश विकास र समृद्धिका लागि दृष्टिकोण र सुझाव सहितको लेखहरुको संग्रह ‘गन्तव्य समाजवाद’ सार्वजनिक गरिएको छ । पूर्वमन्त्री एवं नेकपा (एमाले) का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले समाजवादको विषयमा केन्द्रीत भएर लेख्नुभएको पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।
शुक्रबार एक समारोहका बीच उहाँको आमा रनधाता, बुबा इन्द्रप्रसाद पोखरेल र पूर्वराजदूत नीलाम्बर आचार्यले पुस्तक सार्वजनिक गर्नु भएको छ । लेखक पोखरेललले विभिन्न राजनीतिक परिवर्तन, संविधान निर्माणमा एमालेको भूमिका र कम्युनिष्ट नेतृत्वको सरकारले गरेका उपलब्धिलाई पनि पुस्तकमा समावेश गरिएको बताउनु भयो । स्रोतसाधनको उपयोग गर्दै देशमा समतामुलक र समाजवाद उन्मुख समृद्धिका लागि दृष्टिकोण पुस्तकमा पाउन सकिने लेखक पोखरेलले सुनाउनु भयो ।
पुस्तकमा ७४ वटा लेख रचना संग्रहित छन् । पुस्तक प्रकाशन जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारले गरेको हो ।

Shares

Be the first to comment on "“गन्तव्य समाजवाद”सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*