गृहको ७७ वटै जिल्ला प्रशासनलाई पत्र– एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउनु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ ।

 

बिहीबार मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई त्यहाँ रहेका एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण माग्न निर्देशन दिएको हो । गृह स्रोतका अनुसार त्यसरी संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने पत्रमा उल्लेख गरिएको छ । हाललाई एनजीओ र आईएनजीओमा कार्यरत् कर्मचारीहरुको सम्पत्ति विवरण भने पेश गर्नु पर्ने छैन । यसअघि गत २४ जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाबीच भएको बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित यसको नियमन गर्ने निर्णय गरेको थियो ।

Shares

Be the first to comment on "गृहको ७७ वटै जिल्ला प्रशासनलाई पत्र– एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउनु"

Leave a comment

Your email address will not be published.


*