जनताको सहभागिताले मेघाप्रोजेट स्वदेशी लगानीमा हुने सन्देश

ताजा समाचारको लागि फलो गर्नुहोस ।

अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको लागि दोलखाबासीबाट एक सातमा नै ९० प्रतिशत रकम संकलन भएको छ । दोलखाबासीलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावितका लागि एक हप्तादेखि सेयर संकलन सुरु भएको छ । एक सातामा ९० प्रतिशत रकम संकलन लाख बराबरको सेयर संकलन भएको खवर वाहिर आएको छ ।
यसले दोलखाली जनता शेयरमा कति उत्साहित छन भन्ने देखाएको छ । एक महिनाको समयको राखेर खुलेको शेयर आवहान केही दिनमा नै ९० प्रतिशत रकम उठ्नुलार्ई जनता कति उत्साहित छन भन्ने प्रमाणीत भएको छ । दोलखाका जनप्रतिनिधीले तामाकोशी शेयरको शुभारम्भ कार्यक्रममा उर्जामन्त्री बर्षामान पुनसँग दोलखामा निर्माण हुनलागेको तामाकोसी पाँँचौ जलविद्युतमा स्थानीय दोलखाली जनतालाई ४९ प्रतिशत शेयर हाल्न पाउनु पर्ने आग्रहलाई जनताले सहभागिता जनाएर यसलाई प्रमाणीत गरेका छन ।
अहिलेको सहभागिता भनेको राजधानी तथा दोलखाका विभिन्न वैकमा जम्मा भएको रकम हो । वडा स्तरमा संङकलन भएको रकम त अहिलेसम्म वैकमा दाखिला भएको छैन । गाउँमा अहिले पनि शेयर रकम सङकलन जारी रहेको छ । त्यो रकम अहिलेसम्म वैकमा आएको छैन । अझै पनि ३ साता बाँकी रहँदा झन्डै आवहान गरिएको रकम उठ्नुलाई जनताको सक्रियता पुर्वक सहभागिता भन्न मिल्छ ।
अहिले सहभागिता तथा जलविद्युतका अन्य शेयर आवाहान हँुदा जनताको सहभागिताले सरकार तथा जनताको सहभागितामा सम्पन्न हुन्छ भन्ने देखाएको छ । देशमा औद्योगिक बातावरण तथा अन्य देश विकासमा जनताको सहभागिताले सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । देशमा जलविद्युत विकासको लागि सफल मोडल हुन सक्छ । अव वन्ने आयोजनामा यो मोडल विकास गर्नु जरुरी रहेको छ ।

Shares

Be the first to comment on "जनताको सहभागिताले मेघाप्रोजेट स्वदेशी लगानीमा हुने सन्देश"

Leave a comment

Your email address will not be published.


*