जिरी उद्योग वाणिज्य सँघमा नयाँ नेतृत्व चयन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जिरी– जिरी उद्योग वाणिज्य सँघ जिरीको अध्यक्षमा गेल्वु शेर्पा निर्वाचित भएका छन । बुधबार भएको सँघको निर्वाचनमा उनले १ सय ३० मत ल्याएर विजयी भएका हुन । अर्का अध्यक्ष प्रत्यासी वाङछु शेर्पाले ९९ मत प्राप्त गरेका थिए । त्यसैगरी प्रथम उपाध्यक्षमा बाबुराजा श्रेष्ठ विजयी भएका छन् । उनले कृष्ण बहादुर कार्कीलाई झिनो मतान्तर ४ मतले हराउदै विजयी हुन ।् । श्रेष्ठले १ सय १३ मत प्राप्त गरेका थिए उनका निकटतम प्रत्यासी कार्कीले १ सय ९ मत पाएका छन् । द्धित्तिय उपाध्यक्षमा रमेश बस्नेत, महासचिवमा देवबहादुर श्रेष्ठ विजयी भएका छन् । कोषाध्यक्षमा ओलकबहादुर काफ्ले तथा सदस्यमा गया कुमार श्रेष्ठ, विकास कार्की, नानीबहादुर जिरेल र नोर्वु शेर्पा निर्वा्चित भएका छन् ।

Shares

Be the first to comment on "जिरी उद्योग वाणिज्य सँघमा नयाँ नेतृत्व चयन"

Leave a comment

Your email address will not be published.


*