जिरेल संघ नेपालको भवन निर्माण हुँदै ः नगर प्रमुख जिरेलद्धारा भवनको शिलान्यास

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चैत्र २७÷जिरी –जिरेल संघ नेपालको केन्द्रिय समितीले भवन निर्माणको काम सुरु गरेको छ । परापुर्व काल देखि जिरेलहरु बसोवार गदै आएको दोलखाको जिरि नगरपालिका वडा न ७ तल्लो सिक्रीमा सोमवार जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले भवनको शिलान्यास गर्नु भएको हो । भवन निर्माणको लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले रु १८ लाख रुपैया सहयोग गरेको छ । करिव ६३ लाख रुपैयाको लागतमा सम्पन्न हुने उक्त भवन हाल ३७ लाख बराबरमा पाँच कोठाको सुबिधा सम्पन्न हल सहित निर्माण गर्न लागिएको जिरेल संघ नेपालका केन्द्रिय अध्यक्ष टहल जिरेलले बताउनु भयो ।


भवन निमार्णको लागि सिक्री निवासी गनेश बहादुर जिरेल र नसिंग जिरेलले चार चार आना जग्गा दान गर्नु भएको छ । ८ आना जग्गामा निर्माण हुन लागेको भवन आधुनिक सुबिधा सम्पन्न हुने र सो कार्यालयबाट काम गर्दा सवैलाई सहज हुने संघका सल्हाकार युवराज जिरेलले बताउनु भयो । उक्त भवन निर्माणको लागि सवै संधसंस्थाहरुलाई सहयोग गर्नको लागि सल्हाकार जिरेलले अनुरोध समेत गर्नु भएको छ

Shares

Be the first to comment on "जिरेल संघ नेपालको भवन निर्माण हुँदै ः नगर प्रमुख जिरेलद्धारा भवनको शिलान्यास"

Leave a comment

Your email address will not be published.


*