जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभव मुलुकको समृद्धिका लागि सबैभन्दा ठूलो पूँजी : मन्त्री गुरुङ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं, असार १ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ जेष्ठ नागरिक ज्ञान, सीप र अनुभवका धरोहर भएको बताउनु भएको छ । १५औं जेष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री गुरुङ ज्येष्ठ नागरिकहरुप्रति हुने दुब्र्यवहार अन्त्यका लागि परिवार तथा समुदायस्तरमा सचेतना जगाउनुपर्ने बताउनु भएको हो । उहाँले विद्यालय तहदेखि नै नैतिक शिक्षामा समेत जोड दिनुपर्ने स्पष्ट पार्नुभएको छ ।

मन्त्री गुरुङले ज्येष्ठ नागरिकहरुप्रति गरिने हिंसा, अवहेलना र दुर्व्यवहारविरुद्ध आवाज बुलन्द गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, ‘ मुलुकको समृद्धिका लागि उहाँहरुको ज्ञान, सीप र अनुभव सबैभन्दा ठूलो पूँजी हो । ज्येष्ठ नागरिकहरु हामी सबैका अभिभावक पनि हुनुहुन्छ । त्यसकारण उहाँहरुप्रति व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रले दूव्र्यवहार वा उहाँहरुको मनोवल होच्याउने कुनै पनि खालका गतिविधि हुन नदिन दृढतापूर्वक लाग्नु पर्दछ ।’

नेपालको संविधान, २०७२ ले मौलिक हकको महलमा ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा र संरक्षणको व्यवस्था गरेकोले थप प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यक्ता आफूले महशुस गरेको भन्दै उहाँले कोभिड–१९ को महामारीबाट जोगाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराउँदै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य र सुरक्षामा सचेत रहन पनि सबैलाई आग्रह गर्नुभएको छ ।

Shares

Be the first to comment on "जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभव मुलुकको समृद्धिका लागि सबैभन्दा ठूलो पूँजी : मन्त्री गुरुङ"

Leave a comment

Your email address will not be published.


*