टोक्ने, पछार्ने र दाँत झार्ने: विश्वकप बदनाम गराउने ती ७ क्षण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

प्रत्येक विश्वकपले केही न केही यादहरु छाड्दै गएको छ। कुनै फुटबलका अदभूत क्षणहरु छन् त केही निकै खराब क्षणहरु छन्। जुन मानिसहरु कहिलै नदोहोरियोस् भन्ने चाहान्छन्। जसले फेयर प्लेको नारा बोकेको खेललाई बदमान गराए। त्यसमध्ये विश्वकपका ७ खराब क्षणहरु यस्ता थिए।

२००६ः जिदानले करिअर र विश्वकपमा लगाएको दाग
जिनेदिने जिदानले १९९८ को विश्वकप फ्रान्सलाई दिलाएका थिए। कप्तान यसपटक पुनः अर्को उपाधि दिलाउने लक्ष्यको नजिक थिए। फाइनलमा इटालीसँगको सामना गर्नु थियो। उक्त खेलपछि जिदानले अन्तराष्ट्रिय फुटबल करिअरबाट सन्यास लिएका थिए। तर, अन्तिम खेलमा उनले निकै खराब याद छाडे।

जिदानले ७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए। तर, मार्को माटेराजीले त्यसको १२ मिनेटपछि बराबरी गोल फर्काएपछि निर्धारित समयको खेल बराबरीमा सकियो। खेल पेनाल्टीतर्फ धकेलियो, पेनाल्टीमा फ्रान्सका दुई खेलाडी गोल गर्न चुकेपछि इटाली विश्व च्याम्पियन बन्यो।

पेनाल्टीका क्रममा जिदानले मार्को मेटेराज्जीको छातीमा नमज्जाले टाउको हिर्काए। सुरुमा त्यो दृश्यमा टेलिभिजनका क्यामरा अपरेटरहरुको ध्यान पुगेको थिएन्। रिप्लेमा हेर्दा दुबैबीच भनाभन हुँदा जिदानले मेटेराज्जीलाई जोडले टाउँकोले हिर्काएकाे देखियाे। जिदानकाे टाउकाेले लागेर मेटेराज्जी मैदानमै ढले।

अफिसियलले म्याच रेफ्रिले घटनाबारे जानकारी दिएपछि जिदानलाई रातो कार्ड दिइयो। उत्कृष्ट फुटबल करिअर भएका जिदानले अन्तिम खेलमा भने आफ्नो र विश्वकपको इतिहासमा दाग लगाए।

१९९४ः ड्रग्समा लिप्त म्याराडोना
१९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएका र १९९० मा अर्जेन्टिनालाई विश्वकप फाइनलमा पुर्याएका डियगो म्याराडोना १९९४ को विश्वकपमा भर्खरै डोपिङ (लागुऔषध सेवन सम्बन्ध) प्रतिबन्ध पार गरेर आएका थिए। कप्तान म्याराडोनाले अमेरिकाविरुद्ध बायाँ खुट्टाले गोल गर्दै प्रतियोगिताको सुरुवात गरे। तर, गोल लगत्तै उनको सेलिब्रेसन भने विचित्रको थियो। उनले ठूलो आखाँ पार्दे मिडियाका क्यामराका अगाडि पूरा मुख खोल्दै दुर्वयसनीजस्तै व्यवहार पर्दशन गरे।

उक्त व्यवहारपछि फिफाले पुन: उनको डोपिङ टेस्ट गर्यो। उनले लागू औषध सेवन गरेको पाइयो र बाँकी विश्वकप उनलाई खेल्न दिइएन। १५ महिने प्रतिबन्धसँगै उनलाई घर पठाइयो।

२०१४ः सुआरेजले चिलेनीलाई टोक्दा
चारपटकको विजेता इटालीले यस विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो। दोस्रो खेलमा भने कोस्टारिकासँग पराजित भएपछि अन्तिम १६ मा पुग्न तेस्रो खेलमा उरुग्वेविरुद्ध जित्नैपर्ने दबाब आइपर्यो।

उरुग्वे अघिल्लो विश्वकपको सेमिफाइनलमा पुगेको टोली थियो। त्यसैले उसलाई पनि इटालीलाई जित्दै अन्तिम ८ मा प्रवेश गर्ने मौका थियो। खेल सकिन १० मिनेट बाँकी छँदा डी–बक्स भएको घटनालाई फेयर प्लेको सिद्धान्तलाई बदमान गराइदियो।

सुआरेजले इटालीका डिफेन्डर जर्जिरो चिलेनीलाई डी–बक्सभित्रै टोकेका थिए। चिलेनीले आफ्नो बायाँ काधँमा सुआरेजले टोकेको डाम पनि देखाए तर, मुख छोपेका सुआरेजले उल्टै चिलेनीले हातले हानेको आरोप लगाए।

रेफ्रिले उक्त घटनामा कुनै कारवाही गरेनन्। जुन इटालियनहरुका लागि सर्वाधिक खराब क्षणमध्येको एक रह्यो। पछि, सुआरेजको क्रसमा डियडो कोटिनले गोल गरेपछि इटाली प्रतियोगिताबाट बाहिरियो भने उरुग्वे अन्तिम ८ मा प्रवेश गर्यो।

पछि फिफाले अनुसन्धान गर्दै सुआरेजलाई चारमहिना कुनैपनि फुटबलका क्रियाकलापमा संग्लन हुन नपाउने गरि प्रतिबन्ध लगायो।

१९८२ः करङ भाचिँयो, दाँत झर्यो
१९८२ को विश्वकप सेमिफाइनल खेलमा जर्मनीलाई फ्रान्सले पेनाल्टीमा पराजित गरेको थियो। निर्धारित समयमा १–१ को बराबरी भएपछि अतिरिक्त समयमा दुवै टोलीबाट पुनः २–२ भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो। अतिरिक्त समयमा ४ गोल भएको उक्त खेललाई विश्वकपको सर्वाधिक रोमाञ्चक खेलमध्ये एक मानिन्छ। तर, सोही खेलमा भएको एक घटनाले भने उक्त खेलको रोमाञ्चकतालाई पूर्ण रुपमा बिथल्याे।

पहिलो हाफमा १–१को बराबरी भएपछि फ्रान्सले दोस्रो हाफमा खेलाडी परिवर्तन गर्दै डिफेन्डर पेटरिक बटिस्टनलाई मैदान पठाएको थियो। उनले बल पाए र बल अघि बढाउँदै गोलपोष्ट नजिक पुर्याए, त्यसलाई रोक्न लापरवाहीपूर्ण तरिकाबाट उड्दै आएका गोलरक्षक हेराल्ड शुमाकुरको घुँडा सिधै बटिस्टनको मुखमा लाग्यो। परिणाम, उनका दुईवटा दाँत त्यही झरे र भुइमा पछारिदा तीनवटा करङका हड्डी पनि भाचिए। तर, रेफ्रिले भने उक्त घटनापछि फाउल समेत दिएनन् र जर्मनी फाइनलमा प्रवेश गर्यो।

१९९८ः रोनाल्डो र फाइनलको रहस्य
ब्राजिल आफ्नो पाँचौ विश्वकप उपाधि नजिक थियो। १९९८ को फाइनलमा ब्राजिलले फ्रान्सको सामना गर्दै थियो। प्रतियोगिताका चार गोल गरिसकेकाले सबैको नजर २१ वर्षिया रोनाल्डोमा टिकेको थियो। उनी फाइनल खेल्छन् कि खेल्दैनन् सबैमा जिज्ञासा थियो।

फाइनलअघि रोनाल्डो अस्वस्थथ थिए। फलस्वरुप प्रारम्भिक टोलीमा रोनाल्डोको नाम पनि थिएन्। तर, पछि परिवर्तन गरिएको नामलिस्टमा भने रोनाल्डोको नाम थपियो। अस्वस्थ रोनाल्डोले आफ्नो शतप्रतिशत दिन सकेका थिएनन्। र ब्राजिल फ्रान्ससँग ३–० को अन्तरले पराजित भयो।

अवस्थ भएपनि खेल्न आएको र ब्राजिललाई हराएको भन्दै पछि उनको चर्को आलोचना भयो। प्रतिक्रिया दिने क्रममा उनले आफूमाथि खेल्न दबाब आएको बताएका थिए। अस्वस्थ रोनाल्डोलाई प्रायोजक र ब्राजेलियन फुटबल एशोसियसनले फाइनल खेल्न दबाब दिएको कुरा पछि सार्वजनिक भयाे। अस्वस्थ खेलाडीलार्इ जबर्जस्ती खेल्न लगाउने ब्राजिल फुटबलको तीव्र अालोचना भयाे।

२००२ः दक्षिण कोरिया, इटाली र इक्वेडरका रेफ्रि
अन्तिम १६ मा आयोजक दक्षिण कोरियाले खेल सकिन दुई मिनेट बाँकी छँदा इटालीसँग बराबरी गोल फर्काएको थियो। तर, त्यसपछि जे भयो त्यसको विश्व फुटबलको इतिहासमा सर्बाधिक आलोचना भयो।

खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दक्षिण अफ्रिकाले निर्णायक गोल गर्दै इटालीलाई हरायाे। जुन रेफ्रीको खराब निर्णयको कारक थियो।

इक्वेडरका रेफ्री बायरोन मोरिनोले इटालीले पाउनुपर्ने एउटा पेनाल्टी दिएनन्। इटालीले गरेको एउटा गोल पनि अफसाइड भन्दै मान्यता दिएनन्। यतिमात्रै उनी रोकिएनन्, डाइभिङ गरेको भन्दै इटालीका फ्रानसेक्को टोटीलाई रातो कार्ड दिदैँ मैदानबाट बाहिर पठाएपछि इटाली स्तब्ध बन्यो। उनका यी तिनै निर्णय पूर्ण रुपमा गलत थिए। जुन विश्वकपका रेफ्रिले गरेको सबैभन्दा खराब निर्णयका रुपमा अहिले पनि दर्ज छ।

१९९०ः विपक्षी खेलाडीलाई थुक्दा
जर्मनीका स्ट्राइकर रुडी भोलर र नेदरल्याण्ड्सका डिफेन्डर फ्रांन्क रिजकार्ड सिरी ए मा एकअर्का विरुद्ध खेल्ने गर्थे। भोलरलाई लडाएपछि रेफ्रिले रिजकार्डलाई पहेलो कार्ड देखाएका थिए। पहेलो कार्ड पाएका रिजकार्ड पछाडिबाट आएर भोलरको टाउकोमा थुके। विपरित दिशातर्फ फर्किएका रेफ्रीले त्यो घटना देखेनन्। आफ्नो टाउकोमा थुकेपछि भोलर रिजकार्डमाथि खनिए। सो देखेपछि रेफ्रिले उल्टै रिजकार्डलाई पहेलो कार्ड देखाए। तर, घटना त्यतिमै साम्य भएन। केही छिनपछि उनीहरु पुनः भिडे र रेफ्रीले दुवैलाई रातो कार्ड देखाउँदै बाहिर पठाए।

Shares

Be the first to comment on "टोक्ने, पछार्ने र दाँत झार्ने: विश्वकप बदनाम गराउने ती ७ क्षण"

Leave a comment

Your email address will not be published.


*