ट्रीपर दुर्घटना हुँदा ४ घाईते, चालक फरार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

पुस २७, क्षमावती । सिंगटीबाट चरिकोट आउँदै ट्रीपर भीमेश्वर नगरपालिका-१, क्षमावतीको राम्पामा आईतबार विहान दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । चालक भने फरार रहेका छन् ।

दुर्घटनामा परेर कालिञ्चोक गाउँपालिका–८, मलेपुका ३६ बर्षिय विक्रम खड्का, ३५ बर्षिय देवकी माझी, ७५ बर्षिय नन्द माझी र १२ बर्षिय रश्मी माझी घाईते भएको प्रहरीले जनाएको छ । कालिञ्चोक गाउँपालिका-७ का ३५ बर्षिय चालक प्रदिप पकुवाल फरार रहेको प्रहरीले जनाएको छ ।

मध्यम तहका घाईतेहरूको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । आईतबार बिहान करिव साढे ८ बजे गिटी बोकेको बा४ख ६११६ नम्बरको लोड ट्रीपर आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल पुगेको थियो ।

Shares

Be the first to comment on "ट्रीपर दुर्घटना हुँदा ४ घाईते, चालक फरार"

Leave a comment

Your email address will not be published.


*