तामाकोशी गाउँपालिकामा अति आवश्यक सेवा बाहेकका अन्य सवै सेवा बन्द

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दिपक बस्नेत , मालु चैत्र १०–विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गदै तामाकोशी गाउँपालिकाले अतिआवश्यक सेवा बाहेकका अन्य सवै प्रवाह बन्द गरेको छ । तामाकोशी गाउँपालिकाले सूचना मार्फत भोलिदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह बन्द हुने जनाएको हो । तामाकोशी गाउँपालिका गाउँकार्यपालिका र मातहतका सम्पुर्ण वडाकार्यलयबाट हुने सेवाहरु स्वास्थ्य शाखा र सरसफाइका बाहेक सम्पुर्ण अन्य सेवा बन्द हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विज्ञान कोइराललाले बताए । । तामाकोशी गाउँपालिकाले ।अति आवश्यक काम बाहेक सार्वजनिक स्थानमा नजान र भिडभाड नगर्न आग्रह गरेको छ । साथै अन्य मुलुकबाट पालिका भित्र प्रवेश गर्ने सम्पुर्ण महानुभावलाई आफ्नो स्वास्थ्य परिक्षण गराई सेल्फ क्वारेन्टाइनमा बस्नुहुन पनि अनुरोध गरेको छ ।

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गदै तामाकोशी गाउँपालिका गाउँकार्यपालिकाको कार्यलय जफेमा हेल्थ डेक्स संचालन गरिएको छ ।
गाउँपालिकामा आउने प्रत्यक व्यक्तिले हात धुने र तापाक्रम नाप्नु पर्ने सूचना प्रविधि शाखा प्रमुख पवन फुयालले जानकारी दिनु भयो । यसले केहि हद सम्म भएपनि सहज हुने प्रमुख फुयालको भनाई छ ।

 

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकामा अति आवश्यक सेवा बाहेकका अन्य सवै सेवा बन्द"

Leave a comment

Your email address will not be published.


*