तिब्रता पाएको पुष्टि

ताजा समाचारको लागि फलो गर्नुहोस ।

सरकारले २०७४ पुस मसान्तभित्र दोस्रो किस्ता लिन ताकेता गरेपछि निजी आवास पुर्ननिर्माणको गति ह्वात्तै बढेको छ । पुस मसान्तसम्म दोलखामा ५ हजार घर निर्माण पूरा भएकोमा एक महिनाको अवधीमा ८ हजार पुगेको छ । यो तथ्याङ्कले पनि घर निर्माणमा तिब्रता पाएको पुष्टि हुन्छ ।
भुकम्पपछि निजी आवास पुर्ननिर्माणमा दोलखामा सबैभन्दा बढी घर निर्माण भएका छन् । भुकम्प गएको ३३ महिना बिति सकेको छ । अझै करिब ४८ हजार घरपरिवार जस्ताको टहरामा दिनरात गुजार्न बाध्य भइरहेका बेला नयाँ घरमा सर्नेहरु पनि दिनप्रतिदिन बढ्दै गएका छन् ।
भुकम्प प्रभावित १४ जिल्ला मध्ये निजी आवास निर्माणमा दोलखा १ नं.मै रहेको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । दोलखामा लाभग्राही सूचिमा सुचिकृत ६२ हजार ८ सय ३३ लाभग्राहीमध्ये ५६ हजार ७ सय १० जनाले पहिलो किस्ता वापतको रकम लिएका छन्
जिल्लामा करिब १५ हजारले मात्रै आवास निर्माण गरी घरको छानामुनि रहेकोमा अन्य ४७ हजार ८ सय ३३ घरपरिवार अझै जस्ताको टहरामा दिनरात गुजार्न बाध्य भएका हुन् । निर्माण सामाग्रीको संकट, मजदुर अभाव लगायतका कारणले पुर्न्निर्माण कार्यलाई अघि बढाउन नसकिएको पिडितहरुको गुनासो छ । जिल्लाका ५ हजार ३ सय ३७ जनाले मात्रै पहिलो किस्ता लिन बाँकी छ । उनले १० बढीको गुनासोको छानविन भइरहेको प्राधिकरणले जनाएको छ ।
२४ हजार ६ सय ९३ जनाले दोस्रो किस्ता वापतको रकम लिएका छन् भने तेस्रो किस्ता लिनेको संख्या ८ हजार ७ सय ७२ रहेको उनले जानकारी दिए । सरकारी तथ्यांकलाई हेर्दा पुर्न्निर्माण कार्यले सोचेजति गति लिन नसकेको देखिए पनि अहिले भने पुर्न्निर्माण कार्य तिब्र गतिमा अघि बढेको बताउनुभयो । उहाँका अनुसार करिब २६ हजार घर निर्माणको प्रक्रियामा रहेका छन् ।
दोलखामा गुनासो फारम भरेका २१ हजार लाभग्राहीमध्ये १० हजार लाभग्राहीको गुनासो फछ्र्यौट भैसकेको छ भने करिब ११ हजारको फछ्र्यौट हुन बाँकी रहेको छ । तर अनुदान लिनका लागि प्रक्रिया झण्झटिलो भएको गुनासो बढेकाले सरल प्रक्रिया बनाउन माग । सरल प्रक्रिया भए निजी आवास निर्माणको गति अझ बढ्ने देखिन्छ । त्यस तर्फ सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ ।

Shares

Be the first to comment on "तिब्रता पाएको पुष्टि"

Leave a comment

Your email address will not be published.


*