दिल्ली लिग तालिकाको दोस्रो स्थामा उक्लियो, हैदरावाद ३९ रनले पराजित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । १२ औं संस्करणको  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबारको खेल जितेसँगै  दिल्ली क्यापिटल्स लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।  दिल्लीले आजको खेलसहित पाँच खेलमा जित र तीनमा हार व्यहोरेको छ ।  हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८ ओभर ५ बलमा अलआउट हुँदै ११६ रनमा समेटियो । हैदरावादका डेभिड वार्नरले ५१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जितका लागि पर्याप्त भएन । यस्तै हैदरावादका जोनी बियर्स्ट्रोले ४१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।दिल्लीका कागीसो राबडाले ४ तथा क्रिस मोरिस र किमो पाउलले समान ३/३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस आयरले ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए । यस्तै ऋषब पन्तले २३ रन जोड्दा अक्षर पटेल अविजित १४ रन बनाए ।

हैदरावादका खालिद अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । हैदरावादको यो चौंथो हार हो । हैदरावादले ७ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । हैदरावाद लिगको छैठौं स्थानमा छ ।

Shares

Be the first to comment on "दिल्ली लिग तालिकाको दोस्रो स्थामा उक्लियो, हैदरावाद ३९ रनले पराजित"

Leave a comment

Your email address will not be published.


*