दोलखाका एक तिहाई भुकम्प पिडित तेस्रो किस्ता लिए,पीडितलाई दोस्रो किस्ता असारसम्म

ताजा समाचारको लागि फलो गर्नुहोस ।

विश्वदीप थपलिया
चरिकोट–दोलखाका एक तिहाई भुकम्प पिडित तेस्रो किस्ता लिएका छन । भुकम्पीय आबास पुर्ननिर्माण आयोजना जिल्ला आयोजना कार्यन्वयन इकाई दोलखाका अनुसार मंगलबारसम कुल १८ हजार ९ सय ६९ जनाले तेस्रो किस्ता लिएका छन । पुर्ननिर्माण प्रधिकरणका अनुसार ३५ हजार ३ सय १८ जनाले दोस्रो किस्ता लिइरकेका छन । ५७ हजार ३ सय ४९ जानाले पहिलो किस्ता लिएका छन । सरकारले पहिलो किस्ता लिएका भुकम्प पिडितले चैत्रसम्म अर्निवार्य दोस्रो किस्ताको रकम लिनु पर्ने ब्यबस्था गरेको भए पनि ५६ प्रतिशत जनताले मात्र दोस्रो किस्ताको रकम लिएका छन । करिब ४४ प्रतिशत जनताले पहिलो किस्ता लिएर पनि दोस्रो किस्ताको रकम लिन बाँकी रहेको कार्यन्वयन इकाई दोलखाले जनाएको छ ।
३९ हजार ७ सय ३१ घरहरु निर्माणधनको अवस्थामा रहेको पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितीको सचिवालय दोलखाले जनाएको छ । हाल सम्म ६० प्रतिशत घर बनिसकेकोे पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितीको सचिवालय दोलखाका प्रमुख सागर आचार्यले वताए । असार मसान्त भित्र पुर्ननिर्माणको काम ८० प्रतिशत सकाउने लक्ष्य रहेको आचार्यले वताए । दोलखामा जम्मा लाभग्राही सङख्या ६२ हजार ८ सय ३३ रहेको छ ।
भूकम्पपीडितलाई दोस्रो किस्ता असारसम्म
(रासस) ः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास निर्माणका लागि दोस्रो किस्ता आगामी असार मसान्तसम्म दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले यही चैत मसान्तसम्म दिइने निर्णय भए पनि भूकम्पपीडितको घर बनिनसकेको हुनाले २०७५ असार मसान्तसम्म आवास निर्माणका लागि दोस्रो किस्ता दिने निर्णय गरिएको जानकारी दिए । भुसालका अनुसार हालसम्म एक लाख १४ हजार भूकम्पपीडितको निजी अवास निर्माण भइसकेको र तीन लाख ९० हजार निर्माणाधीन छन् । पुनःनिर्माणका क्रममा भूकम्पपीडितका आवास निर्माण गर्दा जोखिममा रहेका अशक्त र अपाङ्गतायुक्तलाई प्राथमिकता दिइने विषयमा छलफल भएको थियो । निजी आवास निर्माण कार्य्विधिलाई सरलीकृत गरेर काम अघि बढाइने सहमतिसमेत बैठकमा भएको छ ।।

Shares

Be the first to comment on "दोलखाका एक तिहाई भुकम्प पिडित तेस्रो किस्ता लिए,पीडितलाई दोस्रो किस्ता असारसम्म"

Leave a comment

Your email address will not be published.


*