दोलखाका यात्रु समेत चढेको अल्टिच्युड एयरको हेलिकप्टर धादिङको मेगानमा दुर्घटना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

 

काठमाडौं । गोरखाको सामागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा दुर्घटनामा परेको छ । मेगान नामक जङ्गलमा हेलिकप्टर दुर्घटनामा परेको अल्टिच्युड एयरका सञ्चालक सिताराम सापकोटाले बताए ।

निजी हेलिकप्टर कम्पनी अल्टिच्युड एअरको हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको थियो । बिरामीको आफन्तसँगको कुराकानीका आधारमा कल लोकेशनका आधारमा सम्भावित दुर्घटनास्थल पत्ता लगाइएको धादिङको एसपी डम्बर बीकले जानकारी दिए ।हेलिकोप्टरमा  सात जना सवार रहेको खुलेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो । उनीहरुको अवस्था कस्तो छ भन्ने खुलिसकेको छैन

Shares

Be the first to comment on "दोलखाका यात्रु समेत चढेको अल्टिच्युड एयरको हेलिकप्टर धादिङको मेगानमा दुर्घटना"

Leave a comment

Your email address will not be published.


*