दोलखाको भीमेश्वर नगरपालिकामा २ वटा सडकका नयाँ ट्रयाक खोलिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन ३
दोलखाको भीमेश्वर नगपालिकाको २ स्थानमा सडकको नयाँ ट्रयाक खोलिने भएको छ।
चालू आवमा वडा नम्बर ४ मा पिप्ले ज्यामिरे र वडा नम्बर ६ को फुलबारी गाउँखेत सडकको नयाँ ट्रयाक खोलिने भएको हो ।
ट्रयाक विस्तारका लागि नगरले दुई सडकका लागि १ करोड रुपैँया विनियोजन गरिएको नगरले जनाएको छ । जसमा पिप्ले ज्यामिरे सडकका लागि ५० लाख र फुलबारी गाउँखेत सडकका लागि ५० लाख विनियोजित भएको छ ।
ट्रयाकका लागि वडासँग सम्झौता मंसिरमै भएको छ । पिप्ले ज्यामिरे नयाँ ट्रयाकको सम्झौता मंसिर ४ र फुलबारी गाउँखेत सडक नयाँ ट्रयाकका लागि मंसिर १२ मा सम्झौता भएकाले केही महिनामै प्रक्रियाबाट ट्रयाक खोल्न सुरु गरिने भएको छ ।
नगरपालिकाले सडकका नयाँ ट्रयाक नखोल्ने नीति लिएको भए पनि जन आबश्यकता रहेकाले नयाँ ट्रयाक खोलिन लागिएको नगरका प्रमुख प्रशासाकिय अधिकृत मान बहादुर खड्काले बताए ।
वातावरणिय प्रभाव मुल्यांकणसहित दिगो हुनेगरि सडकका नयाँ ट्रयाक खोलिन लागिएको उनले बताए । सडक विस्तार तथा स्तरउन्नति गर्दा वातावरणिय पक्षलाई ध्यान दिदैं सडक किनारमा बृक्षरोपण पनि गरिने योजना रहेको अधिकृत खड्काले बताए ।
भिमेश्वर नगरपालिकाले वातावरणमैत्रीपूर्ण स्थानीय शासनको लागि चालू आर्थिक बर्ष २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
भीमेश्वर नगरपालिकामा चालू आर्थिक बर्ष ७६ वटा सडकहरु स्तरउन्नति गरिने नगरले जनाएको छ । नगरले सडक पुर्बाधारतर्फ ८ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Shares

Be the first to comment on "दोलखाको भीमेश्वर नगरपालिकामा २ वटा सडकका नयाँ ट्रयाक खोलिने"

Leave a comment

Your email address will not be published.


*