दोलखामा निर्वाचन सुरक्षामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा चरिकोटः आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा दोलखामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित गरिने भएको छ । मंसिर४ गते सम्पन्न हुने निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहीत रशान्तिपूर्ण रुपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अन्तर्गत दुई हजार२ सय सुरक्षाकर्मी परिचालित गरिने भएको हो । जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले नेपाली सेना, नेपाल प्रहरी, जनपथ प्रहरी रराष्टिूय अनुसन्धान विभागका समेत गरी उक्त संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरीने जानकारी दिनुभयो । उहाँले विगतमा भएका निर्वाचनको अवस्था, घटना रसंवेदनशीलताको पहिचान, अनुगमन र अध्ययन तथा विश्लेषण गरी सोही आधारमा सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो । जिल्लामा आपराधिक घटना नियन्त्रण तथा न्यूनीकरण गर्ने रआचारसंहिता पालनामा कडाइ गर्ने कार्यमा सुरक्षाकर्मीको महत्वपूर्ण उपस्थित हुने हुँदा निर्वाचन सोचेजस्तो हुने अपेक्षा गरिएको प्रजिअ खतिवडाको भनाई छ । “नागरिकले ढुक्क भएरमतदान गर्न पाउने गरी सुरक्षा प्रबन्ध गरिएको छ ।” उहाँले भन्नुभयो, “नागरिकको मताधिकारसुरक्षा गर्ने र निर्वाचनलाई उद्धेश्य अनुरुप सुरक्षित तवरले सफल बनाउने हाम्रो कर्तव्य हो । त्यसैले शान्ति सुरक्षामा कुनै कसरबाँकी राख्ने छैनौँ ।” निर्वाचन पूर्व, निर्वाचनको दिन सो पछि सुरक्षाकर्मीले सुरक्षाको प्रत्याभूति गराउने छन् । कुनै अप्रिय घटना भईहालेमा परिचालित सुरक्षाकर्मीले तत्काल नियन्त्रण गर्ने छन् । प्रजिअ खतिवडाका अनुसार सुरक्षा संवेदनशीलताको आधारमा मतदान स्थललाई अति संवेदशील, संवेदनशील रसामान्य गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ । जिल्लामा रहेका ९४ वटा मतदान स्थल मध्ये ४१ वटा अति संवेदनशील, ३७ वटा संवेदनशील र१६ वटा सामान्य रहेको भनी केन्द्रीय सुरक्षा समितिले वर्गीकरण गरेको छ । तरमतदान स्थलको अवस्थामा परिवर्तन आएरजुनसुकै बेला सामान्य मतदान केन्द्र अति संवेदनशील रअति संवेदनशील घोषणा गरिएको मतदान केन्द्रमा सामान्य वर्गमा पनि पर्न सक्ने प्रजिअ खतिवडाले बताउनु भयो । संवेदशील क्षेत्रमा भने सुरक्षाकर्मीको संख्या बढाइने छ । संवेदनशील क्षेत्रमा बढीमा १८ जना रसामान्यमा १५ जनासम्म सुरक्षाकर्मी खटिने छन् ।उहाँका अन्ुसारनिर्वाचनको बेला पहिलो घेरामा म्यादी प्रहरी, दोश्रोमा नेपाल प्रहरी, तेस्रोमा शसस्त्र प्रहरी र चौथो घेरामा रहेर नेपाली सेनाले सुरक्षा दिने छन् । सबै गाउँपालिकामा मोबाइल गस्ति टोली परिचालित हुने छन् । आवश्यक परेमा अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी माग गरिने प्रजिअ खतिवडाले बताउनु भयो । निर्वाचनमा खटिने कर्मचारीले सुरक्षति रुप काम गर्न तथा मतदाताले सहजै सुरक्षित तवरले मतदान गर्न पाउने खतिवडाको भनाई छ ।

Shares

Be the first to comment on "दोलखामा निर्वाचन सुरक्षामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन हुने"

Leave a comment

Your email address will not be published.


*