दोलखामा पुँजीगतको आधाभन्दा बढी अख्तियारी र खर्च असारमै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, ४ साउन
दोलखा जिल्लाका विकासे कार्यालयहरुले पुँजीगत खर्च मध्ये आधाभन्दा बढी खर्च असारमा मात्र गरेका छन् । सरकारले हरेक वर्ष असारमा मात्र हुने खर्चको अन्त गर्ने बताइ रहेको बर्ष यस वर्ष अख्तियारी र खर्च दुवै असारमै सबैभन्दा बढी भएको हो ।
आर्थिक वर्ष २०७४।०७५ मा ४४ प्रतिशत अख्तियारी असारमै आएको छ भने खर्च पनि असारमै मात्र ५२.१८ प्रतिशत रहेको छ । खर्च र अख्तियार अघिल्लो आर्थिक वर्षभन्दा धेरै हो । पूजीगत खर्च भने गएको आर्थिक वर्षमा बढेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाका अनुसार आर्थिक वर्ष २०७४।७५ मा ८४।७५ प्रतिशत पुँजीगत खर्च भएको छ । जब की आर्थिक वर्ष २०७३÷७४ मा दोलखामा ७६ प्रतिशत पुँजीगत खर्च भएको थियो ।
आर्थिक वर्ष २०७४।७५ को चालु खर्च भने ११.७२ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगतमा भने ११ महिनामा ४८ प्रतिशत खर्च गरेको छ । पुँजीगत तर्फ असारको पनि अन्तिम साता सबैभन्दा बढी खर्च भएको छ । सडक डिभिजन कार्यालय लगायत विकासे कार्यालयहरुको ठूलो भुक्तानी असार अन्तिम दिन भएको हो ।
आ.व. २०७४÷७५ मा दोलखा जिल्लामा ३ अर्ब ९५ करोड ८७ लाख २९ हजार अख्तियारी आएकोमा ३ अर्ब ३५ करोड ४९ लाख ७ हजार खर्च भएको छ । तर आ.व. २०७३÷७४ मा दोलखा जिल्लामा ३ अर्ब २३ करोड ९० लाख ६१ हजार अख्तियारी आएकोमा २ अर्ब ४८ करोड ७२ लाख ३३ हजार खर्च भएको थियो ।
दोलखाका प्रमुख कोष नियन्त्रक भिष्मप्रसाद न्यौपाने पुँजीगत खर्च मध्ये असारमा मात्र २ अर्ब बढीको खर्च भएको बताए । विगतमा झै आर्थिक वर्षको अन्तिममा माथिबाट बजेटको अख्तियारी आउने रोगले पनि असारको खर्च बढी देखिएको उनले बताए ।
बजेट खर्च गर्ने सबैभन्दा अग्रस्थानमा एक दर्जन बढी कार्यालयहरु रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, सिमा प्रशासन कार्यालय, पुर्न निर्माण प्राधिकरण, सरकारी वकिलको कार्यालय, लगायतले सत प्रतिशत खर्च गरेका छन् । त्यस्तै थप एक दर्जन कार्यालयले ९७ प्रतिशत बढी खर्च गरेको मुख्य कोष नियन्त्रक न्यौपानेले जानकारी दिए ।
त्यसैगरी कम खर्च गर्ने विकासे कार्यालयहरमा दोलखा–सिंगटी सडक आयोजना र जिल्ला प्राविधिक कार्यालय रहेका छन् । सडक आयोजनाले ३२ प्रतिशत र जिल्ला प्राविधिक कार्यालयको ३४ प्रतिशत मात्र खर्च गरेका थिए ।
दोलखामा चालु खर्च आर्थिक वर्ष २०७४÷७५ मा १३ अर्ब ८१ करोड ३१ लाख ३९ हजार खर्च भएको छ । तर अख्तियारी भने १४ अर्ब ४८ करोड ७९ लाख ८५ हजार आएको थियो । चालु तर्फ भने ९५.३४ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७४।७५ मा भने चालु तर्फ ७ अर्ब ६८ करोड ९४ लाख ८७ हजार अख्तियारी आएकोमा ८५.९ प्रतिशत अर्थात ६ अर्ब ६० करोड ५० लाख ३७ हजार खर्च भएको थियो । त्यस मध्ये निजी आवास पुर्ननिर्माणको अनुदानमा मात्र ९ अर्ब बढी खर्च रहेको छ ।
प्रमुख कोष नियन्त्रक न्यौपानेले अहिले अख्तियारी अनुसारको रकम कार्यालयले काम गरेअनुसार निकासा दिने व्यवस्था भएकाले पनि बढी खर्च भएको देखिएको बताए । दोलखाका ५९ वटा कार्यालयले गत आर्थिक वर्ष २९ करोड ३ लाख ४९ हजार रुपैया राजश्व संकलन भएको जानकारी दिए । जुन अघिल्लो आर्थिक वर्षभन्दा ३५.४३ प्रतिशत राजश्व वृद्धि भएको छ । त्यस मध्ये १ करोड २२ लाख ३५ हजार८२६ बेरुजु दाखिला भएको छ ।

Shares

Be the first to comment on "दोलखामा पुँजीगतको आधाभन्दा बढी अख्तियारी र खर्च असारमै"

Leave a comment

Your email address will not be published.


*