दोलखामा फुटसल प्रतियोगिता हुँदै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार ÷चरिकोट, –दोलखाको सदरमुकाम चरिकोटमा फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । दशैँको अवसरमा लालीगुराँस युवा क्लबले “वडा नं. ३ दोस्रो वडाध्यक्ष कप खुल्ला पुरुष फुटसल प्रतियोगिता” आयोजना गर्ने भएको हो । असोज ७ देखि ९ गतेसम्म रोयल मकैबारी फुटसल, चरिघ्याङमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष प्रबिन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३५ हजार र द्धितीय हुनेलाई २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था रहेको छ । बेस्ट प्लेयर अवार्ड र बेस्ट किप्पर अवार्डको समेत वितरण गरिने छ । प्रतियोगितामा सहभागी हुन चाहने समूहले असोज ५ सम्ममा नाम दर्ता गर्न सक्ने छन् । नाम दर्ताका लागि तीन हजार रुपैयाँ शुल्क लाग्ने बताइएको छ । अध्यक्ष श्रेष्ठले हिन्दु नेपालीहरुको महान चाड दशैँको अवसरमा खेलाडीको क्षमता प्रदर्शन गर्ने र मनोरञ्जन गराउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा फुटसल प्रतियोगिता हुँदै"

Leave a comment

Your email address will not be published.


*