दोलखामा बालबालिकालाई कोरोना विरुद्ध बुस्टर डोज खोप लगाइदैँ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल
चरिकोट, जेठ ३१
दोलखामा बालबालिकालाई कोरोना विरुद्धको अतिरिक्त मात्रा खोप लगाउन सुरु भएको छ । १२ देखि १७ बर्ष उमेर पुगेका बालबालिकालाई बुधबारदेखि मोर्डना खोपको अतिरिक्त मात्रा लगाउन सुरु गरिएको हो ।
दोस्रो मात्रा खोप लगाएको तीन महिना पुरा भएका बालबालिकाले अतिरिक्त मात्रा खोप लगाउन पाउने छन् । स्वास्थ्य कार्यालय अनुसार भीमेश्वर नगरपालिकामा असार ७, ८ र ९ गते, जिरी नगरपालिकामा १,२ र ३ मेलुङ गाउँपालिका, बैत्यश्वर गाउँपालिका, तामाकोशीको गाउँपालिका र शैलुङ गाउँपालिकामा असार २, ३ र ४ गते खोप कार्यक्रम चल्ने छ । विगु गाउँपालिका र कालिन्चोक गाउँपालिकामा असार ४, ५ र ६ गते सञ्चालन हुने छ । कोरोना विरुद्धको खोप लगाएपछि अतिरिक्त मात्रा अनिवार्य लगाउनुपर्छ । खोपको पुरा मात्रा लगाएपछि कोरोनाको जोखिमबाट बच्न सकिने कार्यालयले जनाएको छ।

Shares

Be the first to comment on "दोलखामा बालबालिकालाई कोरोना विरुद्ध बुस्टर डोज खोप लगाइदैँ"

Leave a comment

Your email address will not be published.


*