दोलखामा मिटरब्याजी विरुद्ध दुई वटा मात्र उजुरी दर्ता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ ६
जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई वटा उजुरी दर्ता भएको छ । साउन २८ देखि भदौ ५ गतेको अवधिमा सैलुङ गाउँपालिकाका मिटरब्याज पीडितद्वारा प्रशासनमा उजुरी दर्ता गरिएको हो । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले दर्ता भएको उजुरी उपर अनुसन्धान प्रक्रिया सुरु भएको बताउनुभयो ।
मिटरब्याज संलग्न अपराधीलाई कारबाही गर्न र यस्तो अपराध नियन्त्रणका लागि गृह मन्त्रालयले साउन २८ गते सूचना जारी गरी भदौ ५ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा पुगी मिटरब्याजी विरुद्ध उजुरी दर्ता गर्न पीडितहरूलाई आह्वान गरेको थियो । त्यसैगरी प्रशासनले पनि सोही व्यहोरा सहित जिल्लामा मिटरब्याजी पीडित भएमा उजुरी दर्ता गराउन आह्वान गर्दै सूचना जारी गरेको थियो ।
देशभर मिटरब्याजी बिगबिगी बढेको र पीडितहरू समेत बढ्दै गएको बेला दोलखामा भने मिटरब्याजी पीडितको दुई वटा मात्र उजुरी परेको हो । प्रमुख जिल्ला अधिकारी खतिवडाले उक्त सङ्ख्यामा उजुरी पर्नुले जिल्लामा मिटरब्याजी दुई जनामा मात्रमा रहेको भन्न नमिल्ने बताउनुभयो । उहाँले पीडितहरू विविध कारणले उजुरी दर्ताका लागि आउन नसकेको हुन सक्ने बताउँदै उजुरीको अवधि बढाउने हो, भने दर्ता उजुरीको संख्या बढ्न सक्ने अनुमान गर्नुभयो ।

Shares

Be the first to comment on "दोलखामा मिटरब्याजी विरुद्ध दुई वटा मात्र उजुरी दर्ता"

Leave a comment

Your email address will not be published.


*