दोलखामा रुघाखोकी र ज्वरोका बिरामी बढ्दै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा
चरिकोट, भदौ २
केही दिन यता दोलखामा बढेका भाइरलका रोगीहरुमा बालबालिका धेरै रहेका बताइएको छ ।
सदरमुकाम चरीकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा गत हप्तादेखि यता दैनिक ६० जना रुघा खोकी ज्वरोका बिरामी आउन थालेका छन् । तीमध्ये २५ जना बालबालिका रहेका अस्पतालका डा. विनोद दङगालले बताउनु भयो ।
जिरी अस्पतालमा पनि उपचारका लागि भाइरलका रोगी बढी आउन थालेका जानकारी दिँदै डा. देवेन्द्र गौतमले भन्नु भयो, बालबालिकाका लागि राखिएको नौ शय्या भरिएको छ । कतिपयलाई औषधि दिँदै पठाउने गरिएको छ । भाइरलका रोगीमा ज्येष्ठजनहरु पनि निकै देखिएका छन् । अरु बेला १०÷१५ जना बिरामी आउने गरेकोमा अहिले ६० जना पुगेका छन् ।
बालबालिका र शिक्षक अधिकांश बिरामी हुन थालेपछि भीमेश्वर नगरपालिका–७ स्थितको कुप्रीडाँडा आधारभूत विद्यालय केही दिनका बन्द गरिएको छ । कुटीडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक शङकरलाल श्रेष्ठले भन्नु भयो, हाम्रो विद्यालयमा २५ प्रतिशत भाइरलका रोगी देखिएका छन् । उनीहरुलाई औषधि सेवन गरी घरमै आराम गर्न भनिएको छ । प्रतिशत बढ्दै गए विद्यालय बन्द गर्नुपर्ने स्थिति देखिएको छ ।
जिल्लाभरिकै विद्यालयमा बालबालिमा बढी भाइरल रोग देखिएको छ । सदरमुकाम चरीकोट स्थितको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले भन्नु भयो, दैनिक १५ जना विद्यार्थी विद्यालय आउन छाडेका छन् । आएका मध्येमा पनि रुघा खोकी देखिएकाले औषधि सेवन गरी घरमै आराम गर्न पठाउने गरिएको छ । यो क्रम बढदै गए विद्यालय बन्द हुने अवस्था देखिएको छ ।

Shares

Be the first to comment on "दोलखामा रुघाखोकी र ज्वरोका बिरामी बढ्दै"

Leave a comment

Your email address will not be published.


*