दोलखाली कलाकार ठकुरीको “तोरी पहेँलै” सार्वजनिक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २८
कला, साहित्य र संस्कृतिको प्रवर्द्धन हुने गरी मौलिक शब्द, संगीत र स्वरमा तयार भएको काँठे गीत “तोरी पहेँलै” को म्युजिक भिडीओ सार्वजनिक भएको छ । कलाकारितामा भविष्य खोज्दै काठमाडौँमा संघर्ष गरिरहेका दोलखाली कलाकार सुरज शाह ठकुरीद्वारा निर्मित उक्त म्युजिक भिडीओ युट्युबमा सार्वजनिक भएको हो ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको लोक संस्कृति र लोक कलालाई समेट्न प्रयास गरिएको उक्त गीतको म्युजिक भिडीओमा सोही अनुरूपको भेषभूषा प्रयोग गरिएको छ, भने परिवेश र पृष्ठभूमि पनि मौलिक संस्कृति सुहाउँदो किसिमको रहेको छ । दोलखाली गायक एवं गीतकार केशवराज चौलागाईँको शब्द संगीत रहेको गीतमा निर्माता सुरज शाह ठकुरी र विनोद दनुवारको पुरुष आवाज रहेको छ, भने चर्चित गायिका पार्वती कार्की र रमिला कोइरालाको महिला आवाज रहेको छ ।

रामकृष्ण थापाले संगीत संयोजन गर्नुभएको छ । राज पोखरेलले छायांकन गर्नुभएको भिडिओमा कृष्ण रसाल र सिलु गजुरेल लगायतको अभिनयय रहेको छ । भिडिओ सम्पादन अच्युत बजगाईँले गर्नुभएको हो । गीतका निर्माता तथा गायक ठकुरीले मौलिक संस्कृति सहितको उक्त म्युजिक भिडीओ माया प्रेमको विषयवस्तुमा केन्द्रित रहेको बताउनुभयो । “लोक बोलीमा प्रचलित शब्द र सङ्गीतलाई समेटी तयार भएको गीत सुमधुर र भिडिओ आकर्षक बनेको छ ।” उहाँले भन्नुभयो “भिडिओमा पनि गीत निर्माणमा झैँ मिहिनेत गरेका छौँ । यो गीतले पक्कै पनि स्रोता दर्शकको मनमा राज गर्ने छ । उनीहरूलाई नचाउँदै रमाइलो तथा अपनत्व महसुस हुने छ । गीतले कला र संस्कृतिलाई जर्गेना गर्छ भन्ने अपेक्षा छ ।”

Shares

Be the first to comment on "दोलखाली कलाकार ठकुरीको “तोरी पहेँलै” सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*