दोलखा उद्योग वाणिज्य संघको नयाँ निर्वाचन वैसाख २१ मा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –दोलखा उद्योग वाणिज्य संघको २२ औ साधारणसभा तथा अधिबेशन अगामि वैसाख २१ हुने भएको छ । संघले विहिबार पत्रकार सम्मेलन गर्दै एक तिहाईको सदस्यको निर्णय अनुसार साधारण सभा बोलाइएको बताएको छ । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले चैत्र १३ गतेको बोलाइएको कार्य समितिको बैठकमा समेत गणपुरक संख्या नपुगेकोको अवस्थामा संघको विधानको परिच्छेदको १० को गणपुरक संख्याको वुदा “ग” अनुसार साधारणसभा तथा अधिबेसन गर्ने निर्णय गरिएको उनले बताए । साधारण सभाको दोलखाको सदरमुकाम चरिकोटमा रहेको पार्टी प्यालेसमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रीले उद्धघाटन गर्ने  कार्यक्रम रहेको पनि अध्यक्ष कार्कीले बताए ।
विवादमा नै गयो ३ बर्षे कार्यकाल
२१ औ साधारणसभा तथा अधिबेसनमा निर्वतमान अध्यक्ष रामेश्वर मानन्धर र वर्तमान अध्यक्ष सून्दर कार्की विच अध्यक्षमा प्यानल सहित निर्वाचनमा उम्मेदारी दिएका थिए । निर्वाचनमा अध्यक्षमा कार्कीले १ मत अन्तरले निर्वाचनमा विजयी भएका थिए । त्यस मतगणनालाई निर्वतमान अध्यक्ष मानन्धरले पुन मतगणनाको माग गर्दै अदालत गएका थिए । मुद्धा जिल्ला अदालत हुदै सर्वोच्च अदालतमा पुगेको थियो । हाल त्यो मुद्धा अहिले पनि सर्वोच्च अदालतमा विचारधिनमा रहेकोछ । त्यसको फैसला हुन बाँकी रहेको छ । त्यसको असर कार्यसमिति परेको थियो । निर्वाचनमा कार्यसमितिमा मानन्धर प्यानका सदस्य बहुमत विजयी भएको थियो । त्यसपछि विवाद सतहमा नै आएको थियो । विवादको कारण एक बर्षमा हुनू पर्ने साधारणसभा कुनै पनि हुन नसकेको अध्यक्ष कार्कीले बताए ।

 

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य संघको नयाँ निर्वाचन वैसाख २१ मा"

Leave a comment

Your email address will not be published.


*