दोलखामा एक महिनामा थपिए दुई हजार बढी मतदाता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, साउन ११
दोलखामा एक महिनाको अवधिमा दुई हजार बढी मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनापछि असारदेखि सुरु भएको मतदाता नामावली संकलन कार्यक्रममा दुई हजार ३२ जनाले नाम दर्ता गराएका हुन् । आसन्न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सिंगटीबाट मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीका अनुसार अहिले तीन वटै कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भीड लाग्ने गरेको छ । स्थानीय तहको निर्वाचनमा अघि कुल एक लाख ६४ हजार ८ सय ९३ मतदाता रहेका थिए । अहिले दुई हजार ३२ जना मतदाता थप भएका छन् । सरकारले स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने निर्णयपछि गत माघ २४ गतेदेखि मतदाता नामावली संकलन कार्य रोकेको थियो ।

Shares

Be the first to comment on "दोलखामा एक महिनामा थपिए दुई हजार बढी मतदाता"

Leave a comment

Your email address will not be published.


*