धार्मिक पर्यटनको खानी मानिन्छ लाप्ची

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जीवन लामा

हिमालय क्षेत्रको अछुत सुन्दरताको झलक प्रदान गर्दै लाप्ची गाउँलाई परिभाषित गर्ने मनमोहक परिदृश्य र प्राकृतिक आश्चर्यहरू अन्वेषण गर्ने स्थानको रुपमा परिचित मानिन्छ । छिमेकी राष्ट्र चीनसँग सिमाना जोडिएको र अग्ला अग्ला पहाड र समथर भूभाग अनि सौन्दर्यको बीचमा अवस्थित लाप्ची गाउँ जहाँ धार्मिक, ऐतिहासिक, संस्कृति र प्राकृतिक वैभवको धनी मानिन्छ । लाप्चीको शान्त परिदृश्य र अद्वितीय परम्पराहरूले जीवनको एक झलक प्रदान गर्दछ । जुन कालातीत र परम्परामा गहिरो जरा गाडिएको छ । लाप्ची गाउँको सार, यसको ऐतिहासिक महत्व, भौगोलिक विशेषता, सांस्कृतिक धार्मिक परम्परा र यस समुदायले सामना गरेका चुनौती र अवसरहरूको अन्वेषण गर्दछ । लाप्चीको मनमोहक आकर्षण र चारैतिर हिमाल, पहाडले घेरिएको रमणीय सुन्दर स्थानमा रहेका छन् गुम्बा अनि लाप्ची गाउँ ।

दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा अवस्थित लाप्चीमा शेर्पा समुदायको मात्र बसोबास रहेको गाउँ हो । जहाँ २३ घरधुरीमा शेर्पा समुदाय बसोबास गर्छन् । वर्षायाममा यही लाप्चीमा बस्छन् भने हिउँदमा लुम्नाङ गाउँमा बस्ती झर्छन । लुम्नाङमा भने ४८ घरधुरी छ । समुन्द्री सतहबाट ३६७० मिटर उचाईमा रहेको हुनाले हिउँदमा बाक्लै हिउँ पर्छ लाप्चीमा । त्यसैले पनि हिउँमा बसाई सार्नु उनीहरुको बाध्यता हो । एउटै व्यक्तिले दुई ठाउँमा घर बनाउनु पर्ने अर्को बाध्यत्मक अवस्था हो । लाप्ची गाउँबाट लुम्नाङ पुग्न एक दिन लाग्छ । यस समुदायको आफ्नै परम्परा, संस्कृतिमा बाँचेका छन् । यहाँका शेर्पाहरुको मुख्य पेशा चौरीपालन हो । चीनमा उनीहरुले पालेका चौरीका बाछा, चौरीको घ्यू, छुर्पी बेच्ने गर्छन् । एउटै व्यक्तिको चौरी, जोक्पे डिमो, जोमु, घोडा गरी ६०/७० वटासम्म पाल्ने गर्छन् । यहाँको मुख्य पेशानै पशुपालन हो । तिब्बतमा चौरी, घ्यू, लगायतका वस्तु बेचेर जीवनयापन गर्दै आएका छन् लाप्चीबासी । वर्षायाममा किनमेल समेत लाप्चीमै गर्नुपर्ने बाध्यता छ । लाप्चीबाट लामाबगर आउनै २ दिन लाग्ने भएकाले उनीहरु प्राय उतै चीनको बजारमा किनमेल गर्ने गर्छन । छुट्टै धर्म, संस्कृतिले बाँधिएका छन् । उनीहरुमध्ये १०, १५ प्रतिशतलाई मात्र थाहा होला नेपालको ऐन, कानुनको बारेमा । नत्र भने आफ्नै समुदाय, स्थानको ऐन, कानुनलाई कार्यान्वयनमा ल्याउने गर्छन । राज्यको हरेक सेवा सुविधाबाट वञ्चित रहेकाले पनि उनीहरुलाई नेपालको ऐन कानुन लाग्न बाध्य छैन सरकार । किन कि न सडक, खानेपानी, यातायात, सञ्चार, सुरक्षा, खाद्यन्न लगायतका वस्तुबाट टाढा राखिएका छन् लाप्चीबासीलाई । एउटा नागरिकता लिनलाई २ दिन हिडेर सदरमुकाम चरिकोट धाउनु पर्छ । चरिकोटमा बिचौलिया प्रयोग नगरी राज्यले दिने सेवा सुविधा पाउन झन्झटिलो छ उनीहरुलाई । उनीहरुलाई नेपाली भाषा नै अप्ठेरो लाग्छ । अझ भन्नुपर्दा लाप्चीबासीमैत्री भाषा, व्यवहार, राज्यको शासन व्यवस्था नभएको ठान्छन् उनीहरु । राज्यले नेपाल चीन सिमनामा महिनाको लाखौ रुपैयाँ खर्चेर राख्नुपर्ने सुरक्षा निकाय लाप्चीबासीले सुरक्षा दिई रहेका छन् । चीनसँग मैत्रीपूर्ण सद्भाव कायम गरेका छन् लाप्चीबासीले ।

अग्लो चुचुरा र हरियालीले घेरिएको रमणीय वातावरणमा अवस्थित लाप्ची गाउँ शान्त र सौन्दर्य खोज्नेहरूका लागि शान्त आश्रयस्थल हो । शताब्दीयौं पुरानो इतिहासको साथ, लाप्ची गाउँ धेरैको लागि श्रद्धा र तीर्थस्थल भएको छ, परम्परा र आध्यात्मिकताले भरिएको छ । लाप्ची आफ्नो आध्यात्मिक ऊर्जा र तिब्बती बौद्ध धर्मसँगको सम्बन्धको लागि प्रख्यात छ, जसले तीर्थयात्रीहरू र ज्ञान र आन्तरिक शान्ति खोज्ने खोजकर्ताहरूलाई आकर्षित गर्दछ । लाप्चीमा बौद्धधर्मलम्बीहरु ध्यान गर्नको लागि हिडेरै पुग्ने गर्छन । यहाँ आउने पर्यटकहरु विशेष गरी ३ महिना, ६ महिना र ३ वर्षको लागि ध्यान गर्न आउने गर्छन । यहाँ बौद्ध धर्मलम्बीको मात्रै आस्थाको केन्द्र होइन, विश्वका नागरिकहरु पनि निकै खर्च गरेर यस ठाउँमा आएर र ध्यान गर्ने गर्छन । यहाँ दुई वटा ठूला ठूला गुम्बाहरु छन् । स्थानीयबासीको गुम्बाको रुपमा परिचित मानिन्छ चोराघेफिलिङ । स्थानीयले यसै गुम्बालाई पुरानो गुम्बा मानिन्छ ।

यहाँको सबैभन्दा सम्म ठाउँ र ठूलो मैदानमा निर्माण गरिएको छ । यहाँ बेला बेलामा मेला लाग्ने गर्छ । यसको नजिकै भीरमा अर्को गुम्बा निर्माण गरिएको छ । भीरको बीचमा निर्माण गरिएको लाप्ची रेछेन शेपा दोर्जे गुम्बा तथा ध्यान केन्द्र ८ सय १० वर्षभन्दा पुरानो मानिन्छ । यहाँ मिलारेप्पाको ढुंगामा पाइलाको छाप सुरक्षित राखिएको छ । नजिकै हातको पन्जाको छाप पनि छ । त्यसैलाई आधार बनाएर ढुंगामुनि ठूलो गुम्बा बनाएको छ । यस गुम्बाको नजिकै ध्यान गर्नको लागि छुट्टा छुट्टै ३२ वटा गुम्बाहरु बनाएका छन् । यसमा विशेष गरी विदेशीहरु ध्यान गर्न आउने गर्छन

१२ वर्ष (भेडा वर्ग) मा एकपटक मेला लाग्ने गर्दछ । मेला अवधिभर उपस्थित सबैलाई निःशुल्क खाना खाजाको व्यवस्था आयोजकले गरिएको हुन्छ । त्यही मेलामा विश्वका सयौं पर्यटकहरु यहाँ पुग्ने गर्छन् । ओराङमा तिनै लामाको फुर्पा खसेको हुनाले त्यस ठाउँलाई लामाफुर्पा भन्ने गरिन्छ ।

लाप्चीमा पुगेपछि त्यहाँको समुदायको लचिलोपन, सृजनात्मकता र एकताको बलियो भावनाभित्र डुबुल्की मार्दामार्दै समय बितेको पत्तै हुँदैन । यहाँ पाईने वन्यजन्तु मृग, घोरल, थार, कस्तुरी र नाउरको दृश्यले घण्टौसम्म हेरिरहुँ झैं लाग्छ । नजिकै नियाल्न सकिन्छ डाँफे मुनालहरु । करिव एक हप्ताको अवधिमा यहाँको वस्ती वस्तीमा चहार्दाचहार्दै दिनहरु बितेको हुन्छ । साँझपख शेर्पा समुदायको मौलिक नाचगानले दिनभरीको थकाई अनि भोक प्यासनै मेटाई दिन्छ । अन्य ठाउँको शेर्पा समुदायभन्दा फरक मानिन्छ यहाँको शेर्पा समुदायलाई । किन कि यिनीहरु चीनको सिमानामा रहेर दैनिकी फरक तरिकाले बिताई रहेका छन् । उनीहरु भाषा, खानपिन, वैवाहिक सम्बन्धहरु फरक फरक तरिकाले जिईरहेका छन् । यसको साथै पूर्वाधार र प्रविधि जडानको अभावले गाउँलेहरूलाई व्यापारमा संलग्न हुन र अत्यावश्यक सेवाहरूमा पहुँच पुर्याउन गाह्रो बनाईरहेको छ । यी यस्ता अनेकौ चुनौतीका बाबजुद पनि लाप्चीमा दिगो विकासको अपार सम्भावना छ ।

गाउँको अछुत प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले जैविक खेती, हस्तकला उत्पादन, र दिगो पर्यटन जस्ता पर्यावरण–मैत्री पहलहरूको लागि अवसरहरू प्रशस्त छन् । यी स्रोतहरूको सदुपयोग गरेर लाप्चीले दीर्घकालीन आर्थिक स्थायित्व र सामुदायिक सशक्तीकरणमा काम गर्न सकेमा केही समयमै परिवर्तनको आशाहरु देख्न सकिन्छ ।

लाप्चीबासीले आफ्नो वरपरको वातावरण जोगाउन गहिरो रूपमा प्रतिवद्धको आवश्यकता देखिन्छ । सामुदायिक नेतृत्व संरक्षण परियोजनाहरू मार्फत, तिनीहरू आफ्नो प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षण गर्न र व्यवस्थापनको लागि पनि त्यत्तिकै आवश्यकता छ । यहाँको जल, जंगल र जडिबुटीको उचित व्यवस्थापन गर्न सकेमा मात्र लाप्चीबासीको भविश्य उज्जवल र सवल देखिन्छ । यहाँको जैविक विविधता संरक्षणलाई उच्च प्राथमिकतामा राख्न आवश्यक छ । स्थानीय पहलहरूले यस क्षेत्रको लागि अद्वितीय धनी वनस्पति र जीवजन्तुको संरक्षणमा ध्यान केन्द्रित गर्न आवश्यक छ । दिगो अभ्यास र वन्यजन्तु संरक्षण प्रयासहरूलाई प्रवद्र्धन गरेर, लाप्चीबासीले भविष्यका पुस्ताहरूका लागि आफ्नो पारिस्थितिक सन्तुलन कायम राख्ने लक्ष्य राख्न पनि उत्तिकै आवश्यक छ । यसको साथै लाप्चीमा सामुदायिक सञ्चालित सामाजिक कल्याण कार्यक्रमहरूले सबै गाउँलेहरूको कल्याणमा सुधार गर्ने लक्ष्य राख्न सक्नुपर्छ । स्वास्थ्य सेवा, शिक्षा, यातायात, विद्युतीकरण, सञ्चार र गरिबी उन्मूलनमा केन्द्रित पहलहरूले यहाँका बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ । लाप्चीको दिगो विकासका लागि पूर्वाधार र शिक्षामा लगानी महत्वपूर्ण छ । स्वास्थ्य सेवा, विद्यालय र सडकमा पहुँच सुधार गर्ने परियोजनाहरूले स्थानीय जनतालाई फाइदा मात्र नभई गाउँमा विकास र समृद्धिको अवसरहरू पनि सिर्जना गर्दछ ।

लाप्चीबासीको भविष्य र सम्भावना
लाप्चीको आर्थिक वृद्धि गर्न नवप्रवद्र्धनात्मक विकास रणनीतिहरू लागू गर्न आवश्यक छ । उद्यमशीलतालाई समर्थन गर्दै, दिगो कृषि प्रवद्र्धन, र बजार सम्बन्धहरू सिर्जना गर्नाले गाउँको अर्थतन्त्रलाई विविधीकरण गरी त्यहाँका बासिन्दाहरूको लागि आयको अवसरहरू सिर्जना गर्न मद्दत गर्न सक्छ । दिगो धार्मिक पर्यटनले लाप्चीको भविष्यको विकासको लागि ठूलो प्रतिज्ञा राख्छ । आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सामुदायिक पहलहरू प्रदर्शन गरेर, लाप्चीले प्रामाणिक अनुभव बाँड्ने र वार्षिक हजारौ पर्यटकहरूलाई आकर्षित गर्न सक्छ । दिगो पर्यटन अभ्यासहरू मार्फत, शेर्पा समुदायको फरक पहिचान र स्थानको संरक्षण गर्दै अर्थतन्त्रलाई समेत बढावा दिन सक्छ । निष्कर्षमा, लाप्ची गाउँ लचिलोपन, सामुदायिक भावना र मानवता र प्रकृति बीचको स्थायी सम्बन्धको प्रमाणको रूपमा खडा छ । लाप्चीको सौन्दर्य र आकर्षणले नै भावी पुस्तालाई यसको संरक्षण र प्रवद्र्धनमा सजिलो हुनेछ ।(लेखक नेपाल पत्रकार दोलखा शाखाका पुर्व अध्यक्ष हुनुहुन्छ )

Shares

Be the first to comment on "धार्मिक पर्यटनको खानी मानिन्छ लाप्ची"

Leave a comment

Your email address will not be published.


*