नयाँ भबनमा पुस्कालय ,सामुदायिक पुस्कालयको मंगलबार उद्धघाटन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालका दुई छिमेकी देशसँग असल सम्बन्ध कायम राख्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् । सामुदायिक पुस्कालयका मंगलबार चरिकोटमा उद्धटान गर्दै ज्ञवालीले नेपालका लागि दुबै देशको पारस्परिक सहयोग अपरिहार्य रहेको प्रष्ट पारे । भर्खरै चीन भ्रमण सकेर नेपाल फर्केका मन्त्री ज्ञवालीले नेपाल–चीनबीच क्रस बोर्डर सडक, रेल, तेल, सूचना, उर्जा, हवाई यातायातलगायतका क्षेत्रमा सहयोग गर्न चीन सरकारसँग प्रस्ताव राखको बताए । साथै उनले चीनसँग दोलखाको लामाबगरलगायत थुप्रै नाकाहरु सञ्चालन गर्न प्रस्ताव गरेको जानकारी दिए । उनले भने, ‘मैले भ्रमणका क्रममा समकक्षीसँग कुरा पनि गरेको छु, छोटो दुरिको यो लामाबगर नाका तत्काल सञ्चालन गर्न थप कुटनितिक पहल समेत गर्नेछु । प्रसस्तै सम्भावना रहेको हाम्रो देश गरिब हुनुपर्ने कुनै कारण नै छैन ।’ मन्त्री ज्ञवालीले देशलाई तस्करीको साम्राज्य हुन नदिने भन्दै सुन तस्करी, मौलाउँदै गरेको गुण्डागर्दी, अनियमितता, भ्रस्टाचारलगायतका विषयमा सरकार निर्ममतापूर्वक अघि बढिरहेको प्रतिक्रिया दिए ।फरक प्रसंगमा मन्त्री ज्ञवालीले तत्काल समृद्धितर्फ अगाडि बढ्नका लागि महत्वकांक्षी योजना आवश्यक रहेको बताए । उनले सरकार थुप्रै जनमैत्री योजनासहितको नीति तथा कार्यक्रमका साथ बजेट ल्याउने तयारीमा जुटेको जानकारी दिए । रिड नेपाल, ए.एस.वि., ए.डि.एच.जर्मन र स्थानीय समुदायको संयुक्त आर्थिक तथा प्रविधिक सहयोगमा निर्मित सामुदायिक पुस्तकालय भवनमा महिला कक्षा,बाल कक्ष,युवा कक्ष, सुचना प्रविधि कक्ष, श्रव्य दृश्य कक्ष, पुस्तकालय कक्ष,विपद् जोखिम न्यूनीकरण कक्ष र सभा कक्ष समेत रहेको गौरीशंकर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष कृष्ण बहादुर बस्नेतले जानकारी दिए । पुस्तकालय सामाग्री सहित भवन निर्माणमा जम्मा २ करोड ८० लाख खर्च भएको छ । २०६० सालमा स्थापन भई सञ्चालनमा आएको पुस्तकालयले मार्फत बालबालिका, महिला युवा तथा समुदायका सम्पुर्ण वर्गमा पढ्ने बानीको विकास, जिविकोपार्जनमा सुधार, महिला सशक्तीकरण, विपद् जोखिम न्यूनीकरण र अपांगता भएका ब्यक्तिहरुको सशक्तीकरण गर्ने कार्यक्रमहरु समेत गर्दै आइरहेको छ । कार्यक्रममा पुर्व पर्यटन मन्त्री आनन्द पोखरेल, प्रतिनिधि सभा सदस्य शान्ति माय पाख्रीन,प्रदेश सभा सदस्य पशुपति चौलागाईं,विशाल खडका, सरस्वती वस्नेत जिसस प्रमुख डलब पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी,मेलुङ गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ लगाए विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेका थियो ।

Shares

Be the first to comment on "नयाँ भबनमा पुस्कालय ,सामुदायिक पुस्कालयको मंगलबार उद्धघाटन"

Leave a comment

Your email address will not be published.


*