नेपाल थामी समाज दोलखामा नयाँ नेतृत्व

तस्बिरः लक्ष्मण थामी, थामी समाजका केन्द्रिय महासचिव

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, असोज ९
नेपाल थामी समाज दोलखामा नयाँ नेतृत्व चयन भएको छ । चरिकोटमा सम्पन्न समाजको छैटौँ अधिवेशनले होम बहादुर थामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । शनिबार अधिवेशन उद्घाटन पश्चात राती अबेर सम्म चलेको बन्द सत्रले नयाँ कार्य समिति चयन गरिएको बताइएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा बसन्त थामी, उपाध्यक्षमा विक्रम थामी, महिला उपाध्यक्षमा बबिता थामी चयन हुनुभएको छ । सचिवमा विकास थामी, सहसचिवमा ढल बहादुर थामी र कोषाध्यक्षमा ढोलबहादुर थामी चयन हुनुभएको छ ।
सदस्यहरूमा लक्ष्मी थामी, हरि थामी, सदिन्ता थामी,  सविना थामी, अमर थामी, लाल बहादुर थामी, सरिता थामी, सृजना थामी, प्रकाश थामी र राम बहादुर थामी रहनु भएको छ ।
अधिवेशनको उद्घाटन सहरी विकास मन्त्री मेटमणि चौधरीले गर्नु भएको थियो । उहाँले थामी समुदायलाई राज्यको मूलधारमा ल्याउन जोड दिइने बताउनु भएको थियो । उहाँले सो समुदायको आर्थिक, सामाजिक, राजनीतिक रूपान्तरण र सशक्तिकरणमा राज्यले आफ्नो भूमिकालाई बढाउनु पर्ने बताउनु भयो ।

Shares

Be the first to comment on "नेपाल थामी समाज दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*