नेपाल पत्रकार महासंघ दोलखा आजबाट आफ्नै भवनमा ,अग्रज पत्रकार मास्केले रिवन काटी गृहप्रवेश

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –नेपाल पत्रकार महासंघ दोलखा शाखा आफ्नै नवनिर्मित्त भवनमा सरेको छ । सदरमुकाम सातदोबाटो छेउमा निर्माण भएको हालै निर्माण सम्पन्न भएको भबनमा विविधपुर्वक पुजा गरी महासंघ आफ्नै भवनमा गृह प्रवेश गरेको हो । आज नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्केले रिवन काटी गृह प्रवेश गराएका छन् ।

स्थानीय सरकार सहित विभिन्न संघ, संस्था, निकायहरुको सहयोगबाट निर्माण गरिएको भवनबाट कार्यालय सञ्चालन सुरु गरिएको नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष जीवन लामाले बताए । भवन निर्माणका लागि लामाचौर सामुदायिक वन उपभोक्ता समुहले जग्गा उपलब्ध गराएको थियो ।
। भवन निर्माणका लागि ६० लाख भन्दा बढी खर्च भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघको गृह प्रवेश कार्यक्रममा जिल्ला स्थित सञ्चारकर्मी, विभिन्न संघ संस्था तथा निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । भवनको उद्धघाटन चैत्रमा गरिने अध्यक्ष लामाले बताए । सवैको सहयोगले भवन निर्माण सम्पन्न भएको उनले बताए ।

Shares

Be the first to comment on "नेपाल पत्रकार महासंघ दोलखा आजबाट आफ्नै भवनमा ,अग्रज पत्रकार मास्केले रिवन काटी गृहप्रवेश"

Leave a comment

Your email address will not be published.


*