नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवनको निर्माणको लागि रकम जुट्दै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवनको निर्माणको लागि सहयोग दिने दाताको वढदो छ । आइतबार दोलखा फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले आफनो जन्म अबसर पारेर भवन निर्माणको लागि दश हजार एक रुपैया सहयोग गरे । श्रेष्ठले भवन निर्माणमा सहयोग पुगोस भनेर सहयोग गरेको बताए । शनिवार साधारण सभाको अवसर पारेर पत्रकार महासँघ दोलखा शाखाका सँस्थापक अध्यक्ष स्वर्गिय देवदास श्रेष्ठका छोरा अनिमेस श्रेष्ठले ५ हजार ५ सय, रामचन्द्र के.सीले ले ५ हजार ५ सय ५५ र पत्रकार उषा पाख्रिनले ५ हजार ११ तथा गायत्री आचार्यले ५ हजार १ सय ११ रुपैयाँ भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । के.सीले जिल्ला युवा परिषद्ध दोलखाले गरेको वक्तृत्वको कलामा प्रथम भई जितेको रकम भवन निर्माणको लागि रकम हस्तारण गरेको बताए । भवन निर्माणको लागि भिमेश्वर नगरपालिकाले ६ लाख नगद तथा नक्सा पास लाग्ने ७० हजार रकम छुट गरेको पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष जीवन लामाले बताए । त्यसैगरी भवन निर्माणको लागि दोलखा अन्य स्थानीय तहले पनि रकम विनियोजन गरेको बताएका छन ।

Shares

Be the first to comment on "नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवनको निर्माणको लागि रकम जुट्दै"

Leave a comment

Your email address will not be published.


*