नेपाल भ्रमणमा मोदीलाई चार तहको सुरक्षा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं : दुई दिने नेपाल भ्रमण रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘इन्डियन एयर फोर्स’को हेलिकोप्टरमा आउने भएका छन्। गृहमन्त्रालयको अनुसार मोदी फोर्सको हेलिकोप्टरमा आउनेछन्।  मोदीसँगै इन्डियन एयरफोर्सका कम्तीमा २५ जना सुरक्षाकर्मी आउनेछन्। उनीहरु सबै सादा पोसाकमा रहनेछन्। भ्रमणभर प्रधानमन्त्री मोदी सुरक्षाको पहिलो घेरामा उनीहरु नै रहनेछन्। जनकपुर ओर्लिएपछि मोदी सुरक्षाको सम्पूर्ण कमान्ड नेपाली सेनाले सम्हाल्नेछ। सेनाको कम्तीमा एक प्लाटुन मोदी सुरक्षाको दोस्रो घेरामा रहनेछ। उनीहरु पनि सादा पोसाकमै रहनेछन्। त्यसपछिको तेस्रो सुरक्षा नेपाली सेना र नेपाली प्रहरी रहनेछन्। यसका लागि कम्तीमा मेजरको कमान्डमा १२५ खटिनेछन्। उनीहरु भने औपचारिक पोसाकमै हुनेछन्। चौथो घेरामा सशस्त्र प्रहरी बलाका सुरक्षाकर्मी रहनेछन्। उनीहरु पनि हतियारसहति पोसाकमै रहनेछन्।

Shares

Be the first to comment on "नेपाल भ्रमणमा मोदीलाई चार तहको सुरक्षा"

Leave a comment

Your email address will not be published.


*