प्याब्सनद्धारा विभुषित २ जनालाई सम्मान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) – प्याब्सन दोलखाले संबिधान दिवसको अवसरमा सम्मानित हुनु भएका २ जनालाई शुक्रबार सम्मान गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा भएको कार्यक्रममा प्याब्सनले दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र गौरी शंकर वोर्डिङका प्रिन्सिीपल सुर्य कृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले विभुषित गरेकोमा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नु भयो । आगामी दिनमा जिल्लामा प्याब्सन दोलखा सँग शिक्षा र सामाजिक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । यसरी बिभुिषत हुदा श्रेष्ठ आफुलाई शिक्षामा सेवा गरे वापत शिक्षा ज्योति पदक र शिक्षा सेवी मानपदबीबाट सम्मानीत भएकोमा अति गौरव महशुस भएको र शिक्षामा केही थप सेवा गर्नु पर्ने जिम्मावारी थपिएको बताउनु भयो ।प्याब्सन दोलखाका अध्यक्ष पर्वत थापाले प्रजिअ र प्रिन्सिपल दुवै जनालाई विभुिषत गरेकोमा नेपाल सरकारलाई धन्यबाद तथा बधाई ज्ञापन गर्नु भयो । पुर्व केन्द्रिय प्याब्सन सदस्य जगत बहादुर श्रेष्ठले सस्थागत विद्यालयले नेपालको शिक्षालाई गुणस्तर बनाउन योगदान गरेको बताउदैँ उहाँहरुलाई सुभ कामना तथा बधाई ज्ञापन ब्यक्त गर्नु भएको थियो । सो अवसरमा सहायक प्रजिअ, प्रशासकीय अधिकृत, प्याब्सनका सचिब बिमल शाही , सदस्य माया तमाङ लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । संविधान दिवसको अवसरमा भोज राज खतिवडा सुप्रबल जनसेवा पदक र गौरीशंकर बोडिङ्ग स्कुल चरिकोटको प्रध्यानाध्यापक सुर्य कृष्ण श्रेष्ठ शिक्षा ज्योति पदक र शिक्षा सेवी मानपवदीबाट सम्मानित हुनु भएको थियो ।

Shares

Be the first to comment on "प्याब्सनद्धारा विभुषित २ जनालाई सम्मान"

Leave a comment

Your email address will not be published.


*