प्रदेश नं. ३ मा मुख्यमन्त्री को होला , पशुपति चौलागाईको मुख्यमन्त्रीमा दाबेदारी बलियो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – प्रदेश नं ३ को मुख्यमन्त्रीको कसले पाउने सबै चासो विषय बनेको छ । देशको राजधानी यस प्रदेशमा समेत रहेको सबैको चासो बनेको हो । यस प्रदेशमा बाम गठबन्धनबाट मुख्य मन्त्री पक्का जस्तै रहेको छ । यस प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जित निकालेको छ । मुख्यमन्त्रीको आकांक्षीमा एमालेका धेरै आकाङक्षीहरु मध्ये कसको कसको पोल्टामा जाने त्यसको बारेमा सबै चासोको बिषय बनेको छ । एमालेबाट उपाध्यक्ष अष्ट लक्ष्मी शाक्य र पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले मुख्यमन्त्रिमा मुख्यरुपमा दाबेदारी गरेका छन । शाक्य प्रदेशमा काठमाडौबाट र चौलागाइले दोलखाको निर्वाचन क्षेत्र नं. २ बाट प्रदेश सभामा बिजयी भएका हुन् । अष्टलक्ष्मी शाक्य मुख्य मन्त्री हुने आङलन गरिएको छ । उनी हाल पार्टीको एक मात्र महिला उपाध्यक्ष हुन । उनले पहिलो मुख्य मन्त्रीको दाबी गरेकी छन । उनी राष्ट्रपति वा उपराष्ट्रपति भएमा अरु नेताले मुख्य मन्त्रि पाउने सजिलो हुने नेताहरुले आङकलन छ । त्यसैगरी पोलिटब्यूरो सदस्य चौलागाई को शसक्त दाबेदारी प्रस्तुत गरेका छन । उनी भन्दा धेरै जुनियर नेताहरुले मन्त्रि भइसकेकोले यस पटक उनले मुख्य मन्त्री पाउने उनी ढुक्क जस्तै रहेका छन । उनलाई कहिले पनि पदको लोभ नगर्ने नेताको रुपमा चिनिन्छ । कम्युनिष्ट पार्टीले अगाडी सारेका जनताका परिवर्तनसंग सम्बन्धीत एजेण्डाहरुलाई कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी आएको कारण आफुले मूख्य मन्त्री पाउनु पर्ने उनको तर्क रहेको छ । लगानी मैत्री वातावरण तयार गरेर पर्यटन, जलश्रोत, कृषि, उद्योग, सहकारी क्षेत्रको विकास गर्दै रोजगारी श्रृजना गर्न सक्ने उनको भनाई रहेको छ ।
त्यसैगरी मुख्यमन्त्रीको रुपमा आकांक्षीको रुपमा अष्टलक्ष्मी शाक्य, केशव स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, अरुण नेपाललगायत देखिएका छन् । दाबेदारी प्रस्तुत प्रस्तुत गरेका छन । पाण्डे पनि चतुर नेताको रुपमा चिनिन्छन । मुख्यमन्त्री उनको पोल्टामा जान सक्ने बताइएको छ । पटक मन्त्रिहरुको भएकोले उनको सम्भाबना कम भएको बताइएको छ । प्रदेश नं ३ मा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोट जिल्ला रहेका छन् ।

 

Shares

Be the first to comment on "प्रदेश नं. ३ मा मुख्यमन्त्री को होला , पशुपति चौलागाईको मुख्यमन्त्रीमा दाबेदारी बलियो"

Leave a comment

Your email address will not be published.


*