प्रदेश ३ को पहिलो बैठक,प्रदेश नम्वर ३ को सभामुख चयन माघ २७ गरिने

k|b]z–# sf] a}7s z'? k|b]z g+ # sf] klxnf] k|b]z;ef a}7ssf] laxLaf/ x}6f}F8fdf cWoIftf ub}{ Ho]i7 ;b:o 8f]/dl0f kf}8]n . t:jL/ M gjLg kf}8]n, /f;;

ताजा समाचारको लागि फलो गर्नुहोस ।

टौंडा, १८ माघ-प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकमा हेटौंडामा सम्पन्न भएको छ ।

सबैभन्दा बढी प्रदेश सांसद (११० सदस्य) रहेको प्रदेशसभा बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि छलफलमा भाग लिँदै नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरिन् ।

उनले प्रदेश नं ३ लाई नमूना बनाउन सबै एकजुट भएर लैजानुपर्नेमा जोड दिइन् । जनआकांक्षालाई पूरा गर्न यो सभा सक्षम हुने उनको विश्वास थियो ।

नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक-पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने बताए ।

 

विवेकशील साझा पार्टीका रमेश पौडेलले राजनीतिक परिवर्तनको खोजीमा मुलुकले लामो समय व्यतित गरे पनि नयाँ संविधान प्राप्त भइसकेकाले अबको समय सहभागितामूलक लोकतन्त्रलाई व्यवहारमा उतार्न जोड दिइनुपर्ने बताए ।

नेपाल मजदुुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले प्रदेशहरुबीचको आपसी सम्बन्ध विस्तार गर्दै क्षेत्रीय र जातीय नारा भन्दा सन्तुलित विकास अबको गन्तव्य हुनुपर्ने बताए । उनले प्रदेशको संसद सञ्चालनको तयारी र अभ्यासलाई ‘पौडी खेल्न नजान्ने बच्चा पोखरीमा हामफालेको जस्तो’ भनेर टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का रीना गुरुङले एकात्मकबाट संघात्मक प्रणालीमा रुपान्तरित भए पनि संघीयतालाई मुलुकले थेग्न नसक्ने हो कि भन्ने शंका उपशंका मेट्ने गरी काम गर्न सक्नुपर्ने विचार व्यक्त गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रीता माझी र स्वतन्त्र (नयाँ शक्ति नेपाल) सांसद प्रेमबहादुर तामाङले प्रदेश सरकार छिटो चयन भई जनताका आशा अपेक्षा पूरा गर्ने तदारुकता देखाइनुपर्नेमा जोड दिइन् ।

Shares

Be the first to comment on "प्रदेश ३ को पहिलो बैठक,प्रदेश नम्वर ३ को सभामुख चयन माघ २७ गरिने"

Leave a comment

Your email address will not be published.


*