प्राविधिक शिक्षाको हव बन्दै दोलखा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– प्रवेशिका परीक्षा उत्र्तीणपछि विद्यार्थीहरु प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेपछि शिक्षालयहरुको संख्या पनि थपिदै गएको छ । दोलखामा ३४ वर्ष अघि वार्षि १ सय २० जना प्राविधिक जनशक्ति उत्पादन गर्ने जिरी प्राविधि शिक्षालय अहिले २ सय जना उत्पादन गर्दै आएको छ ।
प्रवेशिका अनुर्तीणहरुको लागि १५ महिने प्राविधिक तालिम दिंदै आएको शिक्षालयको समयानुकुल स्तरोन्नती अहिले भेटेनरी स्नातक समेतमा थप ८० जनाविद्यार्थी समेत अध्ययन गराउदै आएको छ । जिरी प्राविधिक शिक्षालय ३४ वर्षदेखि एसएलसी सरहको प्राविधिक जनशक्ति उत्पादन गर्दै आए तापनि केही वर्षदेखि बालि विज्ञान, पशु विज्ञान र इन्जिनियरिङमा डिप्लोमा तहको समेत अध्ययन हुँदै आएको छ ।
दोलखामा अहिले प्राविधिक शिक्षा अध्ययन गराउने संस्थानहरु पनि थपिदै गएका छन् । अहिले वार्षिक ७ सय जना प्राविधिक जनशक्ति उत्पादन हुन थालेका छन् । २१ वर्ष अघि स्वास्थ्यमा सीएमएका जनशक्ति उत्पादन गर्ने गरी सुरु गरेको दोलखा वहुउद्देश्यीय तालिम संस्थानले अनमी, सिभिल सव ओभरसियर, इलेक्ट्रिक ओभरसियर, जेटीए कृषि, जेटिए भेटेनरीको समेत अध्ययन गराउन थालेको छ । हरेक विभागमा ४० जनाविद्यार्थीलाई तालिम दिने संस्थानले मात्र वर्षिक २ सय ४० जनाप्राविधिक जनशक्ति तयार गर्ने संस्थान अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए ।
च्छोरोल्पा नर्सिक कलेजले १० वर्षदेखि स्टाफ नर्स पढाउँदै आएको छ । सुरुका ६ वर्ष वार्षिक ४० जना स्टाफ नर्स उत्पादन गर्दै आएको थियो भने बीचमा २ वर्ष रोकिएपछि पुनः सुचारु भएको छ । अहिले २० जनाको लागिमा मात्र स्वीकृति पाए अनुसार पढाइ हुँदै आएको कलेजका अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठले जानकारी दिए ।
सीटीभीटीले मापदण्ड नपुगेको भन्दै २ वर्ष रोकेको थियो । चरिकोटमा ५५ बेडको अस्पताल सञ्चालन छ । काठमाडौं र तराईको मापदण्ड हेरेर पहाडमा नहुने उनले बताए । खर्च ४० जनाकै हुने तर २० जना मात्र पढाउँदा कलेज सञ्चालन गर्न धौधौ पर्ने उनले बताए । स्वच्छ हावापानीमा अध्ययन गर्नका लागि देशका विभिन्न ठाउँबाट स्टाफ नर्स अध्ययनका लागि दोलखा आउने गरेका छन् ।
त्यसैगरी आइस्ल्याण्ड मल्टीपल एकेडेमी संन्चालक रेशम राजस्वराज रिमालले प्राबिधिक शिक्षामा विद्यार्थीको आकर्षण रहेको बताए । बर्षेनी आफनो कलेजमा प्राविधिक शिक्षमा विद्यार्थीको घुइचो लाग्ने गरेको दावी गरे । एकेडेमीले बर्षेनी ८० जना अमिन र सव ओभरसयिर दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
दोलखा सामुदायिक अस्पताल प्रालिले २ वर्षदेखि ल्याब प्राविधिकको अध्ययन सुरु गरेको छ । यहाँ पनि ४० जनाको कोटा रहेको सञ्चालक अमृतबहादुर बुढाथोकीले बताए । ३ वर्र्षदेखि आइसल्याण्ड ट्रेनिङ इन्ष्टिच्युटले १४ महिने अमिन र सिभिल सव ओभरसियर तालिम सञ्चालन गरिरहेको छ । दुवैमा गरी ८० विद्यार्थीले तालिम लिन्छन् । प्राविधिकशिक्षातथाव्यवसायिकतालिम परिषद् (सीटीभीटी)बाट स्वीकृतीलिएर सबै शिक्षालयहरुले कार्यक्रम सञ्चालनगरिरहेका छन् ।
भीमउच्चमावि दोलखाले ४० जनाको लागि कम्प्युटर सव ओभरसियर अध्ययन गराइरहेको छ । सर्व मावि जिलुले पनि बाली विज्ञानतर्फ ४० जना प्राविधिक डिप्लोमा अध्ययन गाराइरहेको छ । अहिले तेस्रो वर्षमा चलिरहेको र चौथो वर्षको भर्ना अभियान चलेको प्रधानाध्यापक विश्वमणि चौलागाईले बताए ।
त्यसैगरी हनुमन्तेश्वर मावि काब्रेमा पनि सूचना प्रविधिको बारेमा ४० जनाको पढाइ भइरहेको छ । त्यहाँबाट उत्पादित विद्यार्थीहरु दोलखाका विभिन्न विद्यालयमा कम्युटर शिक्षकको रुपमा समेत काम गर्दै आएका छन् ।
कालिञ्चोक मावि चरिकोटमा यसै वर्षदेखि सिभिल इन्जिनियरिङ सब इन्जिनियरको पढाइ सुरु हुन लागेको छ । प्रधानाध्यापक नवराज न्यौपानेले विद्यालयले २ हप्ता अघि मात्र अनुमति पाएकाले अब त्यसको पूर्वाधार तयारी लगायतका काम सुरु भएको बताए ।
कामन भएर बेरोजगार बस्नु नपर्ने र स्वरोजगारमुलकआफैंले व्यवसायगर्न सक्ने हुनाले पनिविद्यार्थीहरुको प्राविधिक शिक्षातर्फ आकर्षण बढेको उनले बताए । देशबाहिर बैदेशिक रोजगारीमाजानेहरु पनि सामान्यकामदारको भन्दा राम्रो आम्दानी प्राविधिक शिक्षाअध्ययन गरेकाहरुको रहेको छ ।
विनासकारी भुकम्पले धेरै भौतिक संरचनाको पुनःनिर्माणका लागि समेत प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ । दोलखा र छिमेकी जिल्लालाई आवश्यक पर्ने मध्यमस्तरको प्राविधिक जनशक्ति दोलखामै उत्पादनहुने दोलखा बहुउद्देश्यीय तालिम संस्थानका अध्यक्ष नरबहादुर श्रेष्ठले दाबी गरे ।
“दोलखाको कुनै पनि शिक्षालयमा अध्ययन गरेका विद्यार्थी बेरोजगार बस्नु परेको छैन” उनले भने “विभिन्न सरकारी तथा गैर सरकारी निकायमाकार्यरत अनमी, सिएमए, सव ओभरसियरहरु दोलखाबाटै अध्ययन गरेकाहरु छन् ।” विद्यार्थीको आकर्षण अनुसार प्राविधिक शिक्षालयहरु अझै अपुग भएको उनले बताए । दोलखामा अब माथिल्लो तहको प्राविधिक शिक्षालय खोल्नु पर्ने र शैक्षिक केन्द्रको रुपमा विकासमा लाग्नु पर्ने उनले बताए । मेलुङ गाउँपालिका अध्यक्ष समेत रहेका श्रेष्ठले मेलुङ गाउँपालिकामा प्राविधिक शिक्षालय खोल्न गाउँपालिकाबाट समेत बजेटको व्यवस्था गरेका छन् ।
दोलखा बहुउद्देश्यीय तालिम संस्थाले पनि सिभिल निर्माण, भेटेनरी, कृषि र इलेक्ट्रिकमा स्नातकतहसम्मअध्ययनगर्ने गरी तयारी थालेको छ । माथिल्लो तहको समेत प्राविधिक जनशक्ति स्थानीय तहबाट उत्पादन गर्नका लागि योजना बनाइ रहेको संस्थानअध्यक्ष श्रेष्ठले बताए । भुकम्पपछिको पुनःनिर्माण र ठूला साना सडक, जलविद्युत आयोजनाहरुका लागि पनि भविष्यमा धेरै प्राविधिक जनशक्ति आवश्यकहुने हुँदा कलेजहरुले तयारी गरेको उनले बताए । दोलखाका क्षमावती मावि, लापिलाङ मावि र शैलुङको सारादा माविले पनि बालि विज्ञानमा एसइइ सरहको अनुमति पाएका छन् ।

Shares

Be the first to comment on "प्राविधिक शिक्षाको हव बन्दै दोलखा"

Leave a comment

Your email address will not be published.


*