फागुन १० गतेबाट हाटबजार सञ्चालन गरिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिका वडा नम्बर आठको मेलडाँडामा फागुन १० गतेबाट हाटबजार संञ्चालन गरिने भएको छ । हाम्रो साना किसान सहकारी संस्था लिमिटेड र वडा कार्यालयको सहकार्यमा सो हाटबजार सञ्चालन गरिने भएको हो ।
कृषि बजारको ब्यवस्थापनको उद्देश्यले हाटबजार सञ्चालन गर्ने निर्णय गरिएको कालिञ्चोक गाउँपालिका वडा नम्बर आठका वडाध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो । हाटबजार सञ्चालनबाट स्थानीय कृषकहरुद्वारा उत्पादीत कृषि जन्य वस्तुहरुको विक्री वितरणमा सहज हुने स्थानीयको आशा छ । हाटबजार सञ्चालनका लागि हाटबजार ब्यवस्थापन समितिको समेत गठन गरिएको वडाध्यक्ष आचार्यको भनाई रहेको छ ।

Shares

Be the first to comment on "फागुन १० गतेबाट हाटबजार सञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*