बर्षेनी मासिदै चौंरी गोठ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –।दोलखाको कालिञ्चोकको कुरिमा ६ वर्षअघि चौंरी चरिरहेका बथान देखिन्थ्यो । तर, हाल फाट्फुट रुपमा मात्र चौंरी देखिन्छन् । सो स्थानमा चौरी १८ चौंरी गोठ थिए । ती गोठमा ४ सय ५० भन्दा बढी चौंरीगाई थिए । तर ,अहिले क्षेत्रका चौंरी गोठ मासिएर ३ वटामा सिमित भएका छन् ।स्थानीयका अनुसार पाँच बर्षमा ३ सय ५० वटा चौंरी घटेर सय वटामा सिमित भएका छन् । चौंरी पालनलाई छोड्दै स्थानीय विदेश तिर पलायन हुन थालेका छन् ।
कालिञ्चोकमा बढ्दो अतिक्रमणले चौरी पालन व्यवसायलाई असर पारेको छ । अतिक्रमणसँगै कालिञ्चोकका खर्क मासिएका छन् । चौंरी चर्ने खर्क नभएपछि माथिल्लो भेगका पशुपालक किसान गोठ बेचेर विदेश पलायन हुनेक्रम बढ्दो छ । कालिञ्चोकको कुरी,टटुवान क्षेत्र चौंरी चरण क्षेत्र हो । यी क्षेत्रमा बर्षेनी चौंरीपालकले गोठ लैजाने गर्दछन् । तर पछिल्लो ६ बर्षमा चरण क्षेत्र अभावमा १० गोठ मासिएका छन् । हिमाली भेगका पशुपालक किसानको मुख्य आम्दानीको स्रोत चौंरीपालन हो । खर्क अभावले अधिकांश चौंरीपालक यो पेशाबाट विस्थापित भएर विदेश भासिएको स्थानीय निमा शेर्पाले बताउनु भयो । । उहाँका अनुसार ‘यो वेला कुरीमा डेढ दर्जन गोठका चौंरीले खर्क भरिन्थ्यो,’ अहिले खर्क छैन, चरणक्षेत्र नभएपछि गोठहरु पनि आउन छाडे ।’ साँझ विहान चौंरी दुहुन भ्याईनभ्याई हुने थियो ।
चौंरीपालकलाई यहि पेशामा टिकाउन पहिलो खर्क जोगाउनु पर्ने स्थानीयको भनाई रहेको छ । ‘बर्षमा एक पटक गोठ यो क्षेत्रमा आउँछु, यहि खर्क नै मासिएपछि चौंरी कहाू चराउने,’ उहाँले भन्नु भयो ‘पहिलो खर्क जोगाउने कार्यक्रम आउनुपर्यो, अनि जोगिन्छ गोठ ।’ हिउूदमा कालिञ्चोकको तल्लो क्षेत्रमा गोठ सर्ने भएपनि असार लागेपछि चौंरी चराउन गोठहरु खर्क खोज्दै माथिल्लो भाग उक्लने गरेका छन् । तर भएका खर्कहरुमा होटल संञ्चालन भएका छन् । कालिञ्चोकका माथिल्लो क्षेत्रका किसानको मुख्य पेशा भनेको चौरी पालन हो ।
चौंरी व्याउने र दुध दिनेवेला यो क्षेत्रमा चौंरीगोठ लगिन्छ । ‘पुर्खादेखिनै यहाँ चौंरी चराउन गोठ ल्याउथ्यौं,’ चरणक्षेत्र मासिएपछि गोठ बेचेर विदेश जाने लर्कोनै लागेको छ ।’ शेर्पाले भन्नु भयो । एक चौंरी गोठबाट कम्तिमा ३ लाखदेखि १५ लाखसम्म दुधजन्य पदार्थ उत्पादन हुने गरेको किसानहरु बताउँछन्। चौंरीगाईको दुधले बनेका घिउ, छुर्पीको बजार राम्रो रहेको स्थानीय भनाई रहेको छ । स्थानीयका अनुसार ठेकेदार गोठमै आएर बैना दिने गरेका छन् । स्थानीय तर माग पु¥याउन समस्या रहेको छ ।’स्थानीय डोमा शेर्पाका अनुसार चैरीको धार्नी घिउको मुल्य २४ सय निर्धारण गरिकोएछ । चौरी पालन गर्दै आउनु भएकी उहाँलाई अहिले चरिचरणको अभावले चौरी व्यवसाय छोड्नु पर्ने हो की भन्ने चिन्ताले सताएको छ । “अहिले ‘खर्क छैन ,कहाँ चराउन लैजाने चौंरी, अर्को वर्ष म पनि गोठ बेच्छु होला ”उहाँले बताउनु भयो । हामी जानेको पेशा नै यही हो , हामी व्यवाहार नै यसैले धानेका छौ ”शेर्पाले भन्नु भयो । मेरो ३० वटा चौंरीबाट वार्षिक ६ लाख जति आम्दानी हुन्छ,’ उहाँले भन्नु भयो , ‘बाटो खन्ने नाममा खर्क नै मासियो, ढुङगामाटो खाएर चौंरी बाँच्दैन् ।’ कालिञ्चोक क्षेत्रमा अनियन्त्रित रुपमा बन्दै गएका होटलहरुले खर्क मासिएको छ । होटल बनाउन जथाभावी ढुङगा निकाल्न उत्खनन गर्दा चरणक्षेत्र मासिएको छ । कालिञ्चोक क्षेत्रका अधिकांश शेर्पाहरु चौंरी पाल्न छाडेर विदेश गएकाछन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "बर्षेनी मासिदै चौंरी गोठ"

Leave a comment

Your email address will not be published.


*