बार्सिलोनाको बराबरी, एथ्लेटिको मड्रिडको जित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति  भएको खेलमा बार्सिलोना स्पानियोलसँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

स्पानियोलको घरेलु मैदानमा सुरुवाती अग्रता उल्ट्याएर बार्सिलोनाले बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै स्पानियोललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा पिकेले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याउदै बार्सिलोनालाई पराजित हुनबाट जोगाएका हुन् ।

यो बराबरीसँगै बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ । उपाधि होडको बार्सिलोनाले २२ खेलबाट ८५ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ९ अंकले अघि छ । २५ अंक जोडेको स्पानियोल लिगको १५ औं स्थानमा छ ।

ला लिगा अन्तर्गत नै आइतबार राति भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई १ – ० ले हराएको छ । एथ्लेटिको मड्रिडको जितमा एन्जल कोर्रेयाले निर्णायक गोल गरेका थिए । जितपछि एथ्लेटिको मड्रिडले २२ खेलबाट ४९ अंक बनाएको छ । पराजित भ्यालेन्सिया ४० अंक जोडेर तेस्रो स्थानमा छ ।

Shares

Be the first to comment on "बार्सिलोनाको बराबरी, एथ्लेटिको मड्रिडको जित"

Leave a comment

Your email address will not be published.


*