बैतेश्वर माविको भवन हस्तान्तरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नाम्दू –दोलखाको बैतेश्वर गाउँपालिकामा रहेको बैतेश्वर माविको   भवन बुधबार हस्तान्तरण गरिएको छ । भवन हस्तान्तरण समारोहमा बोल्दै पुर्व उर्जा मन्त्री जनार्दन शर्माले विद्यालयको शैक्षिक प्रणाली पुनःसंरचना गर्नुपर्ने बताए । ठुला जलविद्युत आयोजना, सुख्खा ठाउँमा सिचाइ पु¥याउन नयाँ व्यवसाय गर्न सक्ने जनशक्ति उत्पादन गर्न उनले जोड दिए ।“ समृद्धिका लागि देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्न सक्नु पर्छ ”शर्माले भने ।

प्रदेश सभा सांसद पशुपति चौलागाईले विद्यालय स्थापना गर्न गोपिलाल उप्रेतीले जग्गादान गरि स्थापना गर्न सघाएको सम्झना रहेको बताए । विद्यालयमा भवन उत्कृष्ट, योग्य शिक्षक भएपछि अब प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याउने काम गर्नु पर्ने चौलागाईको भनाई रहेको छ ।

त्यसैगरी गरी प्रदेश सभा सांसद विशाल खड्काले हनुमन्तेमा पर्यटन विकासको काम हुँदैगरेको बताए । सम्वृद्धिका लागि सबै उत्पादनमा लाग्न खडकाले आग्रह गरे ।गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले आफैं विद्यालयको प्रधानध्यापक हुँदा निर्माण सुरू गरेको भवन पूरा भएकोमा खुशी व्यक्त गरे । पक्कि भवन पूरा भएकाले अब शैक्षिक गुणस्तरीयतामा ध्यान दिन आग्रह गरेका छन ।
। कार्यक्रममा पूर्वराज्य मन्त्री देवी खड्का, पुर्व महान्याधिवक्ता मुक्ति प्रधान, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, बैतेश्वर ६का वडाध्यक्ष शमशेर घिसिङले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पुर्व प्रअ रविचन्द्र आचार्य, पुर्व शिक्षक सुर्यप्रसाद घिमिरे तथा वडा अध्यक्ष शमशेर घिसिङलाई सम्मानित गरिएको थियो ।२ वटा भवन एडिविको सहयोगमा साढे ५ करोड लागतमा बनेको हो ।

Shares

Be the first to comment on "बैतेश्वर माविको भवन हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*