भुटानविरुद्ध नेपालको शानदार जित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । आज (बिहीबार) भएको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को शानदार जित निकालेको हो ।
बंगबन्धु रंगशालामा अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि भरत खवास, निराजन खड्का र सुनिल बलले गोल गरे । खेलको २० औं मिनेटमा हेड बलमार्फत् तामाङले नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आक्रामक बनेको नेपालका लागि ६९ औं मिनेटमा विमल घर्तीमगरले मिस गरेको पेनाल्टी बलमा सुनिल बलले उत्कृृष्ट गोल गरे ।
७७ औं मिनेटमा अन्जन बिष्टको ठाउँमा मैदान प्रवेश गरेका भरत खवासले गोल गर्दै अग्रता तेब्बर बनाएका थिए । खेलको अन्तिमतिर मैदान प्रवेश गरेका निराजन खड्काले गोल गर्दै नेपालको जित सुनिश्चत पारे ।

Shares

Be the first to comment on "भुटानविरुद्ध नेपालको शानदार जित"

Leave a comment

Your email address will not be published.


*