मनाइयो विश्व किताब दिवस

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा
चरिकोट, साउन २६
इङलिस फर अल, एज ए ग्लोबल ल्याङवेज भन्ने मूल नाराका साथ दोलखाको सदरमुकाम चरीकोटमा रहेको त्रिपुरा ग्लोरियस एकेडेमीको पुस्तकालयमा कार्यक्रम आयोजना गरी विश्व किताब दिवस मनाइएको छ । केही समय यता पठन संस्कृति घट्दै गएपछि पढ्ने वानीको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले पनि यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सहभागी डा. जानुका न्यौपानेले बताउनु भयो ।
पढाइ शैक्षिक प्रमाणपत्र प्राप्त गर्न मात्र नभएर आत्म सन्तुष्टी,सकारात्मक सोच र व्यवहारिक ज्ञान हासिल गर्नका लागि समेत भएकाले निरन्तर पुस्तक पढ्ने बानीको विकास गर्नुपर्नेमा कार्यक्रममका सहभागीले जोड दिएका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता दिनेशराज शिवाकोटी, कालिञ्चोक माध्यामिक विद्यालयका शिक्षक दीपक शर्मा डा.जानुका न्यौपाने लगायतले पुस्तक अध्ययन र यसको महत्वका विषयमा धारणा राख्नु भएको थियो । कार्यक्रममा डा.न्यौपानेले शिक्षाको महत्व र शिक्षाका लागि आफूले गरेको संघर्ष विषयमा प्रस्तुति गर्नु भएको थियो । कार्यक्रमका सहभागीले शैक्षिक जीवनको अनुभव, आफूले अध्ययन गरेका पुस्तकका बारेमा अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रममा अङग्रेजी माध्यमबाट प्रकाशित पहिलो रविन्सन क्रुसो उपन्यासको बारेमा त्रिपुरा ग्लोरियस एकेडेमीका शिक्षक अर्जुन तामाङले चर्चा गर्नु भएको थियो । कार्यक्रममा समीरा बस्नेत,इन्द्रकुमार बस्नेत ,तक्दिर सुवेदी,विष्णु भुषाल (लिटल एन्जल),हेम चापागाईं,महेशलाल यादव,सन्तोष चौधरी, कृष्ण पाण्डे लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "मनाइयो विश्व किताब दिवस"

Leave a comment

Your email address will not be published.


*