महिला हिंसाका घटना बढेको भन्दै ज्ञापन पत्र

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –महिला अधिकार मञ्च दोलखाको अगुवाइमा जिल्लामा रहेका संघ संस्थाले देशमा बलात्कार, हत्या तथा महिला हिंसाका घटना बढेको भन्दै सरकारको ध्यान्आकर्षण गराएका छन । सोमवार दोलखामा सहायक प्रमुख जिल्ला अधिकारी निमेस मिश्र समक्ष सो ज्ञापन पत्र बुझाएका छन । दोलखा जिल्लामा रहेको विभिन्न २३ वटा संघ संस्थाको अगुवाईमा सो ज्ञापन पत्र बुझाईएको जनाइएको छ । देशमा अपराध बढेको र संलग्न दोसीलाई कार्वाहीको माग गर्न र दोसीलाई कानुनी दायरामा ल्याउनका लागि ९ बुदे माग सहित राष्ट्रिय महिला अधिकार मञ्चको अभियानमा देशव्यापीरुपमा अभियान जारी रहेको छ ।

Shares

Be the first to comment on "महिला हिंसाका घटना बढेको भन्दै ज्ञापन पत्र"

Leave a comment

Your email address will not be published.


*